विनोद खनाल, बुटवल । शुक्रबार बुटवलमा सम्पन्न समाजवादी मोर्चा नेपाल रुपन्देहीको प्रथम भेलाले नेकपाका सरद सीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको छ ।
मोर्चाको सदस्यहरुमा नेकपाका विरेन्द्र सी र उषा सी, नेकपा माओबादी केन्द्रका निर्मल जि सी, ऋज्जु श्रेष्ठ र सन्त कुमार यादव, एकीकृत समाजबादीका श्रीराम यादव, सरिता श्रीष र टंक पोखरेल, जसपाका सियाराम यादव, सुनिता खडलुक र विष्णु अधिकारी रहेकाछन ।
नेकपा माओवादी केन्द्रका लुम्बिनि प्रदेश अध्यक्ष एवं समाजबादी मोर्चा प्रदेश सदस्य शुदर्शन बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले मोर्चाको पालिका स्तरसम्मका समिति निर्माण गरि मोर्चाका नीति, योजना र कार्यक्रमहरुलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
यस्तै मोर्चाले यही असौज २९ गते नजिकिंदै गरेको दशैतिहारलाई मध्यनजर गर्दै कालाबजारी एवं महंगी नियन्त्रण गर्ने ध्यानाकर्षण सम्बन्धी ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारिलाई बुझाउने निर्णय गर्नुका साथै स्थानीय स्तरमा सबै सामाजिक संघसंस्थासंग सहकार्य गरेर कार्यक्रम गर्ने निर्णय गरेको नेकपा रुपन्देही सेक्रेटेरी बिरेन्द्र सिले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology