काठमाडौं । मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका साहित्यकारद्वय विवेक ओझा र टेकवीर मुखियालाई पुरस्कार अर्पण गरिएको छ ।
ललीतपुरमा एक कार्यक्रमकाबीच आज सोमवार बि.सं. २०७९ सालको मदन पुरस्कारबाट पुरस्कृत भएका ओझा र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका मुखियालाई पुरस्कार अर्पण गरिएको हो ।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दिक्षितले ऐँठनका लेखक विवेक ओझा र मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरे । मदन पुरस्कार र जगदम्बा श्री दुवै पुरस्कारको राशि चार–चार लाख रुपैयाँ रहेको छ । यसअघि मदन पुरस्कार गुठीले मदन पुरस्कार ऐठनलाई र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो ।
ऐँठन कृति माओबादी आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तुमाथी केन्द्रित छ । उहाँले उर्जाशिल उमेर लेखन क्षेत्रमा बिताएको स्मरण गरे ।
उहाँले आफूले पुरस्कार पाएपछि परिवारमा हर्षको आँशु आएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology