काठमाडौं । मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच कृति छनोट भएको छ।
मदन पुरस्कार गुठीले ३१३ कृतिबाट उत्कृष्ट पाँच छानेको हो।
छानिएका कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकलाल ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङग्रा र सञ्जय विष्टको माटाको घर रहेको छ।
यिनै कृतिमध्ये एकले मदन पुरस्कार २०७९ पाउने छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology