राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिका र देवदह भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक बिच कार्य सम्पादन सम्बन्धि ४५ बुँदे सम्झौता भएको छ । सोमबार नगरपालिकाको कार्यालयको बैठक कक्षमा सो बुँदाहरु सम्बन्धि सहजीकरण गर्दै नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु सङ्ग सम्झौता गरेको हो ।
सो सम्झौता भित्र प्रधानाध्यापकले आफ्नो विद्यालयको शैक्षिक गुण्स्तर सुधारका लागि र व्यवस्थित विद्यालय बनाउनका लागि गर्नुपर्ने सबै कार्यहरु समेटिएको छ ।
सो अवसरम बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलले शिक्षकहरु इमान्दार हुनुपर्ने र इमान्दारिता नै शिक्षकको पहिचान रहेको बताएका छन । उनले यो सम्झौताले देवदह क्षेत्रको शैक्षक अवस्थालाइ उकास्न मदत गर्ने बताए । उनले विद्यालयमा आउने हरेक समस्या समाधानमा प्रअको नै मुख्य भुमिका रहने बताउँदै सबैलाइ आफ्नो जिम्मेवारी सहि ढङ्गबाट पूरा गर्न आग्रह गरेका छन ।
यसैगरि देवदह नगरपालिकाका नगर प्रवक्ता गणेश डुम्रेले छलफल भएका बुँदाहरुलाइ सबैले अक्षरांस पालना गर्न सके देवदहको शैक्षिक क्षेत्रले नया आयाम थप्ने बताएक छ्न ।
सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगरपालिकाले विद्यालयलाइ उपलब्ध गराएको स्रोत र साधनको उचित ढङ्गबाट प्रयोग गर्दै सबै प्रधानाध्यापकहरुलाइ आफ्नो पेशा प्रती मर्यादित भएर काम गर्न आग्रह गरेका छन । नगरपालिकाले ल्याएको शिक्षा सम्बन्धि बजेटलाइ सहि ढङ्गबाट कार्यन्वयनमा ल्याउनुपर्ने उनको भनाइ छ ।
सो कार्यक्रम देवदह नगरपालिका शिक्षा समिती संयोजक देवद शिक्षा शाखा प्रमुख टिकाराम शर्माको सहजीकरण र शिक्षा अधिकृत प्रशुराम ढकालको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology