Logo

२०८३, आश्विन २८गते


images
images

शिक्षा

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गरिदै

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गरिदै

images
  • दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गरिदै
    images
    images

    काठमाडौँ । सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    images
    images
    images

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा विद्यालयहरूको पूर्वाधार सुधारका लागि उक्त बजेट छुट्याइएको हो । पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ ।

    images
    images
    images

    योजनाअन्तर्गत प्रत्येक विद्यालयमा करिब ६ करोड रुपैयाँको लागतमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ । भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    मन्त्री पोखरेलले विद्यार्थीको चाप भएका विद्यालयको पूर्वाधार सुधारसँगै विद्यार्थी अभाव झेलिरहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक संरचना पनि सुधार गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।

    उनले सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थी सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सामुदायिक विद्यालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।