Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा सामुदायिक विद्यालयका अध्यक्षहरूको 'विद्यालय संयन्त्र' गठन

देवदहमा सामुदायिक विद्यालयका अध्यक्षहरूको 'विद्यालय संयन्त्र' गठन

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा सामुदायिक विद्यालयका अध्यक्षहरूको 'विद्यालय संयन्त्र' गठन
    images
    images

    देवदह । देवदहमा सामुदायिक विद्यालय संयन्त्र बनाईएको छ । शनिबार देवदह माध्यमिक विद्यालयमा भएको सामुदायिक विद्यालयका अध्यक्षहरूको भेलाले जनता माविका अध्यक्ष खेमप्रसाद पाण्डेको अध्यक्षतामा विद्यालय संयन्त्र तदर्थ समिति बनाईएको देवदह माविका अध्यक्ष सुरज खरेलले जानकारी दिए । 

    images
    images
    images

    जसको सचिवमा युगज्योति माविका अध्यक्ष खेमनारायण अधिकारी, कोषाध्यक्षमा उदय आविका अध्यक्ष रमेश चन्द्र रेग्मी र सदस्यहरूमा सिता माविका यकू सुनार, जनप्रिय माविका मोहन बहादुर जिसी, देवदह माविका सुरज खरेल, ज्ञानज्योति माविका रेशम बहादुर पुन:, भविष निर्माण माविका दलबहादुर थापा रहेका छन् । हाल  ९ वटा विद्यालय मात्र संयन्त्रमा जोडिएपनि सबै विद्यालयलाई जोड्दै जाने निर्णय भएको बताईको छ । 

    images
    images
    images

    सबै विद्यालयमा एकै किसिमको प्रणाली संस्थागत गर्न, विदा लगायतका विषयमा एकरुपता कायम गर्न, विद्यार्थी र शिक्षकको  क्षमता अभिवृद्धिमा काम गर्नको लागि संयन्त्र आवश्यक रहेको संयन्त्रका सदस्य खरेलले सेतोमसीलाई बताए । 

    images
    images
    images

    बैशाख महिनाभरी  देवदहका सबै विद्यालयमा घुम्ती बैठक बस्ने र विद्यालयको समस्या पहिचान गरि नगरपालिकालाई सुझाब दिने तयारी समेत संयन्त्रले गरेको जनाइएको छ ।

    आगामी बैठक बैशाख १० गते देवदह-२, भविष्य निर्माण माध्यमिक विद्यालयमा बस्ने संयन्त्रले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।