Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर सामुदायिक विद्यालय शिक्षक कर्मचारी फुटवल प्रतियोगिताको हिसाव सार्वजनिक

अन्तर सामुदायिक विद्यालय शिक्षक कर्मचारी फुटवल प्रतियोगिताको हिसाव सार्वजनिक

images
  • अन्तर सामुदायिक विद्यालय शिक्षक कर्मचारी फुटवल प्रतियोगिताको हिसाव सार्वजनिक
    images
    images

    देवदह । रुपन्देहीको देदवहमा सम्पन्न प्रथम देवदह नगरस्तरीय अन्तर सामुदायिक विद्यालय शिक्षक कर्मचारी फुटवल प्रतियोगिताको आय व्यय विवरण सार्वजनिक गरिएको छ । जनप्रिय माध्यमिक विद्यालय देवदह–१० ले गत पौष १८ देखि २४ गतेसम्म उक्त प्रतियोगिता आयोजना गरेको थियो । 

    images
    images
    images

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर लामिछानेको अध्यक्षतामा भएको सार्वजनिक कार्यक्रममा प्रतियोगिता संयोजक श्याम थापाले ५६ हजार १ सय आम्दानी र ४९ हजार २ सय ५५ रुपैया खर्च भएको जानकारी दिए । जस अन्र्तगत शिल्ड, मेडल तर्फ १२ हजार २२५, उपचार सामग्री तर्फ ३ हजार ७०५ रुपैंया, खेलकुद सामग्रि तर्फ ८ हजार १२५ रुपैंया, मैदान व्यवस्थापन तर्फ ८५० रुपैंया, अफिसियल तर्फ २ हजार ६ सय रुपैंया, प्रचार प्रसारमा २ हजार ५ सय रुपैंया, पुरस्कार तर्फ १७ हजार  तथा विविध तर्फ २५० रुपैंया रहेको संयोजक थापाले जानकारी दिए । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले पारदर्शिताको लागि विद्यालयले हिसाव किताव सार्वजनिक गरेको बताए । ‘सामाजिक काम गर्दा भएको आम्दानी र खर्च सार्वजनिक गर्न आवश्यक छ । त्यसले पारदर्शितामा सहयोग पुग्छ ।’ उनले भने, ‘सवैको सहयोगले प्रतियोगिता सम्पन्न गर्न सकिएको हो ।’ लामिछानेले प्रतियोगितामा सहभागि विद्यालय, सहयोगी दाता, स्थानीयवासी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगाएत शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरे ।

    images
    images
    images

    विद्यालयका प्रधानाध्यापक गायत्रीप्रसाद खरेलको स्वागत र शिक्षक स्नेहा पन्थीको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका सदस्य दीपक खरेल लगाएतले बोलेका थिए ।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।