काठमाडौं । मुख्यसचिव डा.वैकुण्ठ अर्यालले तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्ने बताएका छन।
राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन । उनले प्रकृति संरक्षणको कुरा सहज नभएकाले तीन तहकै सरकारको समन्वय र सहकार्य हुन जरुरी रहेको बताए । उनले जैविक विविधताले भरिपूर्ण देश नेपालमा प्रकृति संरक्षणको कुरा चुनौतिपूर्ण भएको बताए ।
उनले तीन तहकै सरकारले नीति तथा कार्यक्रममा समेटेका कुरालाई प्रकृति संरक्षण कोषले समेटेर जानुपर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology