Logo

२०८३, आश्विन १०गते


images
images

निजामती कर्मचारीले सोच र शैलीमा सुधार गर्न आवश्यक : मुख्यसचिव अर्याल

निजामती कर्मचारीले सोच र शैलीमा सुधार गर्न आवश्यक : मुख्यसचिव अर्याल

images
  • निजामती कर्मचारीले सोच र शैलीमा सुधार गर्न आवश्यक : मुख्यसचिव अर्याल
    images
    images

    काठमाडौं । सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले निजामती कर्मचारीभित्रका सोच, शैली र तौरतरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

    images
    images
    images

    शुक्रबार सिंहदरबारमा २०औँ निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले एकात्मक ढाँचाको प्रशासन यन्त्रलाई संघीय शासन व्यवस्थाअनुकूल हुने गरी रूपान्तरण गर्न निजामती कर्मचारीभित्रका सोच र शैलीमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

    images
    images
    images

     

    images
    images
    images

    ‘विविध समस्या र चुनौतीका बाबजुद एकात्मक ढाँचाको प्रशासन यन्त्रलाई संघीय शासन व्यवस्था अनुकूल हुने गरी रूपान्तरण गर्न, कानुनी, संरचनागत र संस्थागत प्रबन्ध मात्र होइन, हामी आफैँभित्र रहेका सोच, शैली र तौरतरिकामा आमूल सुधार गर्नुपर्ने आवश्यकता छ। संविधानबमोजिम संघीय इकाइबीच प्रशासनिक समन्वय कायम गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त बनाउँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुशासनको प्रत्याभूति दिलाउनु हाम्रो प्राथमिक अभिभारा हो,’ उनले भने।

    मुख्यसचिव अर्यालले संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा संघीय इकाइबीच प्रशासनिक अन्तरसम्बन्ध कायम हुन कठिन भएको बताए। उनले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको सेवा, सुविधा तथा व्यक्तित्व विकासको सम्बन्धमा द्विविधा रहेको, मार्गदर्शक कानूनको अभावमा प्रादेशिक तथा स्थानीय कानुन तर्जुमाका लागि आधार सिर्जना हुन नसक्दा प्रदेश र स्थानीय तहमा कर्मचारी अभावको स्थिति रहेको उल्लेख गरे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यसचिव अर्याल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।