टिकाराम आचार्य, सन्धिखर्क । अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीकाे प्रशिक्षण भेला सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र ) का लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला संयाेजक ठाकुर कुमार बि क (किशोर ) काे प्रमुख आतिथ्यतामा भएको उक्त भेलाले पुनर्गठित अनेमसंघ क्रान्तिकारीले सबै महिलाहरूलाई एकीकृत गर्न पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा अतिथी अनेमसंघ क्रान्तिकारी केन्द्रीय सचिव तथा प्रदेश उपाध्यक्ष सरसती न्यौपाने, प्रदेश उपाध्यक्ष छम कुमारी खनाल चिनारी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष मान बहादुर पाण्डे, अ ने म संघ क्रान्तिकारी केन्द्रीय शारदा खनाल, प्रदेश सदस्यहरु माधबा भुसाल, कमला रेस्मी , पार्टीका जिल्ला कमिटी सदस्य कृष्ण हरी भुसाल, भेष बहादुर के सि, डिलाराम पाण्डे, वाइ सिएल नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज ठाकुर शाैराग, जिल्ला इन्चार्ज कृष्ण बहादुर सारु, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका नबनिर्बाचित अध्यक्ष अशाेक खनाल लगायतको उपस्थिति रहेको थियो ।
अनेमसंघ क्रान्तिकारी केन्द्रीय सचिबालय सदस्य जिल्ला संयाेजक कमला भण्डारी भुसालको अध्यक्षतामा रहेको बैठकमा प्रदेश सदस्य सिता बिककाे सन्चालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology