बुटवल । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) बुटवल उप महानगर कमिटिको बिस्तारित बैठक सम्पन्न भएको छ । बुटवल स्थित सापकोटा मिस्ठान्न भण्डारको हलमा भएको उक्त बैठकले वडा अनि टोल-टोलमा संगठन बिस्तार गर्ने निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका पार्टीका केन्द्रिय सदस्य बामदेब क्षेत्रीले
पार्टी निर्माणको नयाँ अध्याय सुरुभएको र यस चरणलाई अवसरको रुपमा लिनुपर्ने बताउँदै यो प्रतिगमनकारीहरुलाइ बढार्ने अभियान पनि भएको जिकिर गरे ।
बैठक कै क्रममा पत्रकार महासंघमा प्रेस संगठनबाट निर्बाचित जिल्ला, प्रदेश र केन्द्रमा बिजयी पत्रकारहरुलाई अभिनन्दन समेत गर्दै माओवादी नेताहरुले सबै नेताहरुले संगठन निर्माण र पार्टी फुट पछिको अवस्थामा जिम्मेवार भएर अगाडि बढने र सङठन निर्माणमा जोड दिने बताएका थिए ।
पार्टी नेताहरु केन्द्रिय सदस्य हकी कुल्लाह खाँ, निमानन्द गैरे, राम प्रसाद बन्जाडे ( टन्कमणी ) जिल्ला सचिब नारायण जि सि ' निर्मल' लगायतको उपस्थिती रहेको बैठकको अध्यक्षता एवं संचालन नगर सचिब नारायण बन्जाडेले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology