Logo

२०८३, श्रावण ३०गते


images
images

उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित

उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित

images
  • उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित
    images
    images

    काठमाडौँ । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ गतेदेखि मङ्सिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) का लागि तय भएको भ्रमण स्थगित गरेका छन् । 

    images
    images
    images

    दुबईमा आयोजना हुन लागेको १८ औँ दुबई एयर सो, २०२३ मा भाग लिन युएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युएई जाने कार्यक्रम तय भएको थियो । यसका लागि यही कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमणको स्वीकृति  समेत दिएको थियो ।

    images
    images
    images

    तर यही कात्तिक १७ गते शुक्रवार राति जाजरकोटमा ६.४ रेक्टर स्केलको भूकम्प गएपछि उद्धार तथा राहतमा सक्रिय भएकाले उपप्रधानमन्त्री खड्काले भ्रमणको कार्यक्रम स्थगित गर्नुभएको रक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images

    “भूकम्प गएपश्चात् जाजरकोट र रुकुम पश्चितलगायतका क्षेत्रमा ठुलो धनजनको क्षति भएको र प्रभावितहरूको उद्धार, राहत र पुनः स्थापनालगायतका काममा उपप्रधानमन्त्री खड्का स्वयम् निरन्तर क्रियाशील रहनुभएकाले यस विषम परिस्थितिमा वैदेशिक भ्रमणमा जान उपयुक्त नहुने निष्कर्षसहित युएई भ्रमण रद्द गरिएको हो”, विज्ञप्तिमा उल्लेख छ ।

    400136969_664008612381263_262236864502876397_n_8qDMTUcVJ2.webp

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पूर्णबहादुर खड्का
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।