Logo

२०८३, श्रावण ३०गते


images
images

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका  : यी हुन् प्रयोगकर्ताले गर्न नमिल्ने १९ क्रियाकलाप

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका  : यी हुन् प्रयोगकर्ताले गर्न नमिल्ने १९ क्रियाकलाप

images
  • सामाजिक सञ्जाल सञ्चालन निर्देशिका  : यी हुन् प्रयोगकर्ताले गर्न नमिल्ने १९ क्रियाकलाप
    images
    images

    काठमाडौं । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ । सामाजिक सञ्जाल फेसबुक, एक्स (ट्वीटर), टिकटक, युट्युब, इन्स्टाग्रामलगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो ।

    images
    images
    images

    निर्देशिकाले नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ भने सामाजिक सञ्जाल प्रयोगकर्ताले के गर्न नहुने हो भन्नेबारे १९ बुँदा तयार पारेको छ ।

    images
    images
    images

    सरकारले जारी गरेको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका अनुसार सामाजिक सञ्जाल प्रयोगका क्रममा गर्न नमिल्ने क्रियाकलाप निम्न रहेका छन् :

    images
    images
    images

    १. बेनामे वा छद्मभेषी पहिचान (फेक आईडी) सिर्जना गर्न ।

    २. बेनामे वा छद्मभेषी पहिचान (फेक आईडी) मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी सेयर गर्ने वा अरूको विषयवस्तु (कन्टेन्ट) सेयर गर्ने वा टिप्पणी (कमेन्ट) व्यक्त गर्न वा कल गर्न ।

    ३. कुनै समुदाय, जातजाति, लिंग, धर्म, उमेर, वर्ण, वर्ग, पेशा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारीरिक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसंख्यक, भाषाभाषी तथा कानुनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य दृश्य, तस्बिर सेयर गर्ने एवम् ट्रोल बनाइ प्रकाशन र प्रसारण गर्न ।

    ४. बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाह जस्ता क्रियाकलाप गर्न प्रोत्साहित गर्न ।

    ५. अरूलाई होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाइ घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्न, हेट स्पीच वा हेट स्पीच मानिने कार्य गर्न (स्पष्टीकरण: हेट स्पीच भन्नाले पोष्ट, सेयर वा कमेन्ट गरेको विषयले व्यक्ति, समूह वा समुदायमा हिंसा फैलने, सामाजिक सद्भाव बिग्रने जस्ता दुष्परिणाम निस्कन सक्ने खालका आवाज, शब्द, तस्बिर, भिडिओलाई सम्झनुपर्छ) ।

    ६. डिजिटल माध्यमको प्रयोगबाट कुनै व्यक्तिको तस्बिर विकृत रूपले परिमार्जन गरी प्रकाशन वा प्रसारण गर्न ।

    ७. सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलाका फोटो भिडिओ अनुमतिबिना खिचेर प्रकाशन र प्रसारण गर्न ।

    ८. अश्लील शब्द, तस्बिर, भिडिओ, अडिओ एनिमेसन प्रसारण, प्रकाशन, टिप्पणी गर्न ।

    ९. बालबालिकालाई हानी पुर्‍याउने सामग्री तथा बालयौन शोषण, यौन दुर्व्यवहार, देह व्यापार जस्ता निषेधित क्रियाकलापलाई प्रोत्साहन गर्न ।

    १०. मित्थ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमोड प्रकाशन वा प्रसारण गर्न ।

    ११. साइबर बुलिङ मानिने कार्य गर्न, (स्पष्टीकरणः साइबर बुलिङ भन्नाले प्रविधिको प्रयोग मार्फत अन्य व्यक्तिलाई हतोत्साहित बनाउने, धम्क्याउने, हैरान पार्ने, गालीगलौच गर्ने, गलत सूचना सम्प्रेषण गर्ने जस्ता कार्य सम्झनुपर्छ) ।

    १२. लागूऔषध सेवनको प्रोत्साहन तथा कारोबार गर्न, गराउन ।

    १३. जुवा खेलाउने वा जुवा खेल्न प्रोत्साहन गर्न ।

    १४. आतंकवाद सम्बन्धी विषयवस्तुको प्रकाशन वा प्रसारण गर्न ।

    १५. सामाजिक सञ्जाल प्रयोग गरी कसैको आइडी तथा सूचना ह्याक गर्न ।

    १६. सामाजिक सञ्जाल प्रयोग गरी फिसिङ, इम्पोस्टर जस्ता कार्य गर्न ।

    १७. विभत्स तस्बिर, भिडिओ कुनै सन्दर्भबिना नै पोस्ट वा सेयर गर्ने ।

    १८.  प्रचलित कानुनले निषेध गरेका वस्तुहरूको विज्ञापन तथा कारोबार गर्न ।

    १९. प्रचलित कानुनले निषेध गरेका कृयाकलापहरू नक्कल गर्न तथा सेयर गर्न ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सामाजिक सञ्जाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।