Logo

२०८३, श्रावण ३०गते


images
images

परदेशमा पर्व

समुन्द्रपारिको तिहार

समुन्द्रपारिको तिहार

images
  • समुन्द्रपारिको तिहार
    images
    images

    रेशम अधिकारी, युएई । सप्तरी घर भई दुइ बर्ष अगाडि युनाइटेड अरब इमिरेट्स (युएई) आएका नारायण यादव अहिले दुबई शहरस्थित एक सुपर मार्केटमा कार्यरत छन् । विगतमा गाउँका साथीहरूसंग प्रत्येक चोक र गल्लीमा देउसी खेल्न हिँडेको सम्झिँदा उनलाई गाउँघरकाे खुबै याद आइरहेकाे छ । अहिले उनै साथीभाइले खेलेको देउसीभैलोको तस्वीर र भिडियाे सामाजिक सञ्जालमा देख्दा गाउँघरकाे सम्झनाले झनै सताउने गरेकाे उनले सुनाए । 

    images
    images
    images

    तिहारमा साथीभाइसँग मिलेर देउसी खेल्न हिँड्नुको मजा बेग्लै हुने गरेको नारायण सम्झन्छन् ।  "परदेशमा के दसैँ, के तिहार" उनले भने, "मार्केटबाट पुजाको सामान ल्याएँ, अब रुममा पुजा गर्ने अनि साथीहरुसंग रमाइलो गर्ने सकियो तिहार ।" 'यो मन त मेरो नेपाली हो' भनेझैँ आफु भौतिक रूपमा जहाँ रहेपनि चाडपर्वहरूमा आफ्नो देश, गाउँठाउँ, परिवार र साथीसंगीको यादले मन भारी हुने उनी बताउँछन् ।  

    images
    images
    images

    आफु बस्ने कोठाको ढोका अगाडि झिलिमिली झुन्ड्याईरहेका झापाका दिपराज विकको कुरापनि नारायणको जस्तै छ । तिहारमा मादल बोकेर नाँच्दै साथीभाइसँग देउसी खेल्न हिँडेको उनलाई याद आइरहेकाे छ । रोजगारीका लागि विदेशिएपछि उनले दसैँतिहार राम्राेसँग नमनाएकाे वर्षाैँ भइसकेकाे छ ।    दिपकराजा पनि विगतमा आफू रातभर देउसी खेल्न हिँडेको झलझली सम्झना आईरहेको बताउँछन् ।  "अरु बेला त काम गरिन्छ, चाडपर्वका बेला भने गाँउघरको धेरै याद आउँछ"  उनी भन्छन्, "पछिल्लो समय प्रविधिको विकासका कारण घरपरिवारले चाडपर्व मनाएको हेर्न पाइन्छ । आफूले मनाउन नपाए पनि परिवारले मनाएकाे हेर्न पाउँदा आफुपनि परिवारसंगै भए जस्ताे लाग्छ ।"

    images
    images
    images
    परदेशमा पर्व परदेशमा पर्व .jpg
    दुबईमा आफू बस्ने कोठाको ढोकामा झिलिमिलि लगाउँदै दीपराज । तस्वीर : रेशम अधिकारी / सेतोमसी 

    त्यसो त पुरुषमात्र बैदेशिक रोजगारको लागि विदेशिएका छैनन् । नेपाली महिलाहरू पनि घर परिवार छोडेर सुनौलो भविष्यको खोजीमा खाडीमा श्रम गरिरहेका छन् । बाबाआमा, परिवार र दुधे बालक छोडेर विदेश पसेका लाखौँ नेपाली महिलाहरूको पिडा पनि नारायण र दिपराजको भन्दा फरक छैन ।   कैलाली घर भई हाल दुबईमा काम गरिरहेकी भगवती भट्टलाई चाडपर्वको समयमा कामले भन्दा धेरै परिवारको यादले पिरोल्छ । "याद त कति आउँछ कति, तिहार आएको छ, सबैजना रमाईरहेका छन्, हामीसंग त याद बाहेक अरू के नै छ र !" गहभरीका आशुँ लुकाउन खोज्दै उनी भन्छिन्, "अर्काको देशमा काम गर्नुपरेको छ । मिल्ने भए त उडेर जान्थे नि, के गर्नु मिल्दैन ।"
     
    वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरूलाई स्वदेशमा जस्तो गरी तिहार मनाउन सहज हुँदैन । रोजगारीका लागि देशबाहिर रहेका नेपालीहरू दसैँतिहार मनाउने फुर्सद नै नमिल्ने गरेको बताउँछन। यद्यपि, छोटो समय निकालेर वा कामबाट फर्केपछि भए पनि उनीहरूले आफ्नै तरिकाले चाडपर्व मनाउने गरेका छन् । विदेशमै परिवार भएकाहरूले पनि नेपाली भाषा, कला, संस्कृति मौलिक परम्पराअनुसार चाडपर्व मनाउने गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।