Logo

२०८३, आश्विन ११गते


images
images

पोखरामा विश्व शान्ति पूजाः यति विमान दुर्घटनामा ज्यान गुमाएकाको पनि आत्मा शान्ति पूजा गरिँदै

पोखरामा विश्व शान्ति पूजाः यति विमान दुर्घटनामा ज्यान गुमाएकाको पनि आत्मा शान्ति पूजा गरिँदै

images
  • पोखरामा विश्व शान्ति पूजाः यति विमान दुर्घटनामा ज्यान गुमाएकाको पनि आत्मा शान्ति पूजा गरिँदै
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखराको नवनिर्मित पेमा धेछेनलिङ गुम्बामा आजदेखि विश्व शान्ति पूजा सुरु भएको छ । ८ दिनसम्म चल्ने पूजामा त्रिपिटक (काग्युर) को १०८ ठेली वाचन सुरु भएको छ ।

    images
    images
    images

    विश्व शान्ति पूजाको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् । पोखरामा पहिलो पटक हुन लागेको काग्युर वाचनका लागि देश विदेशबाट १०८ लामा गुरु पोखरा आइपुगेको गुम्बाका धर्म लामा गुरु पाल्देन लामाले जानकारी दिए । शान्ति पूजाकै अवसरमा अवसरमा गत माघ १ गते पोखरामा भएको यति विमानस्थल दुर्घटनामा परी ज्यान गुमाएका ७२ जनाको आत्माको शान्तिको पूजा पनि हुँदै छ ।

    images
    images
    images

    गौतम बुद्ध दर्शनसँग सम्बन्धित त्रिपिटक विश्वभर फैलिँदा पनि त्यसमा लिखित दर्शन नेपालमा प्रचार नपाएको पाल्देनले बताए । काग्युर गर्दा धेरै लामा गुरुसँगै समय पनि लाग्ने भएकाले धेरै खर्चालु हुने पाल्देनको भनाइ थियो ।

    images
    images
    images

    पूजाको पहिलो दिन आज शान्ति दीप प्रज्वलनसँगै काग्युर पाठ सुरु भएको छ । मंसिर ४ गते विश्व ग्रह शान्ति पूजा र मंसिर ६ गते विश्व शान्ति रिवासाङ, लामाछाम धर्मपाल गणचक्र पूजा हुनेछ । उक्त पूजा धर्मगुरु ङिमा साङ्पो आठौं ज्यालसा रिन्पोछेले गर्ने बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।

    शान्ति पूजाको सुरुवातमा बोल्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबैभन्दा ठूलो कुरा नै शान्ति खोज भएको बताए । शान्तिकै लागि आज मानिस अशान्त बनेको र शान्ति नभए भने जतिसुकै धनाड्य भएपनि केही नहुने उनको भनाइ थियो । अहिले आफूजस्तै अधिकांश मान्छे अशान्त रहेको पाण्डेको जोड थियो ।

    गुम्बा ०७२ साल मंसिर २० गते धर्म गुरुङ टुल्कु दुवाङ तेन्जिङ रिङ्पोछेले शिलान्यास गरेका थिए । गुम्बामा ८ करोड ८ लाख८ सय बुद्ध मन्त्रसहितको बुद्ध प्रतिमा निर्माण गरिएको बैदाम तामाङ समाजले जनाएको छ । गुम्बा बनाउन २ करोड ५० लाख रुपैयाँ खर्च भएको तामाङले जानकारी दिए ।

    पोखरा महानगरपालिका–१८, खहरे शीतल वनमा बनेको गुम्बाबाट पोखरा लेकसाइडसहित फेवाताल र आसपासका दृश्य नियाल्न सकिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।