Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

पोखराको फिर्केखोला किनारमा डोजर

पोखराको फिर्केखोला किनारमा डोजर

images
  • पोखराको फिर्केखोला किनारमा डोजर
    images
    images

    पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर  खाली गर्ने कार्य आइतबारदेखि शुभारम्भ गरेको छ । फिर्केखोलाको खोलामा घरमा निर्माण भएका सवैप्रकारका संरचनाहरू हटाउने अभियान अन्तरगत यो कार्यको शुभारम्भ गरिएको नगर प्रमुख धनराज आचार्यले बताए । 

    images
    images
    images

    यसअघि खोलाघर खाली गर्न सम्बन्धित सबैलाई पटक पटक सूचित गरिएको थियो । २०८० साल आषाढमा गरिएको फिर्के खोला नाप जाँच प्रतिवेदन अनुसार खोलाघर मा १६० भन्दा धेरै अस्थायी तथा स्थायी संरचनाहरू निर्माण भएको पाइएको थियो । ती संरचनाहरू हटाउन लागिएको हो । 

    images
    images
    images

    आइतबार पोखरा वडा नं. २ र १८ को सिमाना अधेरीकुना, वडा नं.४ र ५ को सिमाना फिर्केपुल बुढानीलकण्ठ मन्दिर र वडा नं. ७ र ८ को सिमाना जिरो किमी स्थित लायन्सको भवनबाट हटाउने कार्य शुभारम्भ गरिएको महानगरले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।