Logo

२०८३, आश्विन ११गते


images
images

समाचार

पोखरा महानगरले थप्यो न्यूनतम रोजगार कार्यक्रममा आवेदन दिने समय

पोखरा महानगरले थप्यो न्यूनतम रोजगार कार्यक्रममा आवेदन दिने समय

images
  • पोखरा महानगरले थप्यो न्यूनतम रोजगार कार्यक्रममा आवेदन दिने समय
    images
    images

    पोखरा । पोखरा महानगरले आव २०८३/०८४ मा सञ्चालन हुने 'न्यूनतम रोजगार कार्यक्रम' अन्तर्गत संलग्न हुन इच्छुक बेरोजगारहरूको लागि आवेदन दिने समय थप गरेको छ । 

    images
    images
    images

    महानगरले चैत्र मसान्तसम्म समय थप गरेको जानकारी दिएको छ । यस अघि फागुन मसान्तसम्म समय तोकिएको थियो । 

    images
    images
    images

    यस कार्यक्रमअन्तर्गत १८ वर्ष पुरा गरी ५९ वर्ष ननाघेका विपन्न, न्यून आय भएका वा स्वरोजगारमा संलग्न नभएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । अघिल्लो आर्थिक वर्षमा सूचीमा सूचीकृत भएका बेरोजगारहरूले पनि यस वर्षका लागि आफ्नो आवेदन नवीकरण गर्नुपर्ने जनाइएको छ । आवेदन स्थायी बसोबास भएको सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित पेश गर्न सकिनेछ ।

    images
    images
    images

    आवेदनका लागि आवश्यक कागजातमा वडा अध्यक्षबाट प्रमाणित आवेदन फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, दुई प्रति हालै खिचिएको पासपोर्ट साइज फोटो, बसाइसराइ प्रमाणपत्र (यदि स्थानान्तरण भएको हो भने), कुनै सीपमूलक तालिम लिएको भए सोको प्रमाणपत्र, र परिवारका सदस्यहरूको नागरिकता प्रमाणपत्र वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि समावेश छन् ।

    महानगरपालिकाले आवेदन फारमका लागि कार्यालयमा उपलब्ध गराउनेछ र न्यूनतम रोजगार कार्यक्रम बाहेक अन्य रोजगार तालिम वा रोजगारी खोजी सम्बन्धी सेवा प्राप्त गर्न इच्छुकहरूले सम्बन्धित विभागमार्फत दर्ता गर्न सक्ने जनाइएको छ । महानगरपालिकाले सबै इच्छुक नागरिकहरूलाई तोकिएको म्यादभित्र आवेदन दिन आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।