Logo

२०८३, आश्विन ११गते


images
images

पोखराको फिर्केखोला आसपास बनेका संरचना आजदेखि हटाइदै

पोखराको फिर्केखोला आसपास बनेका संरचना आजदेखि हटाइदै

images
  • पोखराको फिर्केखोला आसपास बनेका संरचना आजदेखि हटाइदै
    images
    images

    पोखरा । पोखराको मध्य भाग भएर बग्ने फिर्केखोलाको खोलाघर खाली गर्ने कार्य आजदेखि सुरु भएको छ ।

    images
    images
    images

    खोलाघरको सीमाभित्र परेका अस्थायी तथा स्थायी सबै संरचना हटाउने अभियान अघि बढाइएको हो । २०८० साल आषाढमा गरिएको प्राविधिक नापजाँचपछि गाडिएका खम्बाका आधारमा सीमांकन गरिएको क्षेत्रभित्र बनेका सबै प्रकारका संरचना हटाइने महानगरले जनाएको छ ।

    images
    images
    images

    महानगरले फिर्केखोलाको संरक्षण, विकास र सौन्दर्यकरणलाई ध्यानमा राख्दै यो अभियानमा सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको छ । सरोकारवाला निकाय, नागरिक समाज, राजनीतिक दल, सामाजिक संघसंस्था, टोल विकास समिति, आमा समूह, युवा क्लब, सुरक्षा निकायलगायत सम्पूर्ण नगरवासीलाई सहयोगका लागि पोखरा महानगरपालिकाले हार्दिक अपिल गरेको छ ।

    images
    images
    images

    पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार फिर्केखोलाको दायाँ–बायाँ धेरै स्थानमा उत्तर–दक्षिण सडक रहेकाले मोटरेबल करिडोरभन्दा फुट ट्रेल, साइकल लेन, बिहान र साँझ हिँड्ने पैदल मार्ग तथा आकर्षक घुमफिर स्थलका रूपमा विकास गर्नु उपयुक्त हुने विज्ञहरूको सुझावपछि यस्तो निर्णय गरिएको हो ।

    उनका अनुसार लामो छलफलपछि खोलाघरको १० मिटर मापदण्ड घटाएर ६ मिटर कायम गरिएको छ । अब फिर्केखोलालाई प्राकृतिक रूपमा बग्न दिने र त्यसलाई व्यवस्थित रूपमा संरक्षण गर्ने अभियानमा सबै पक्षको साथ रहने अपेक्षा महानगरले गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।