Logo

२०८३, आश्विन १०गते


images
images

भाडा बढाउन नपाएपछि सार्वजनिक यातयात नै बन्द

भाडा बढाउन नपाएपछि सार्वजनिक यातयात नै बन्द

images
  • भाडा बढाउन नपाएपछि सार्वजनिक यातयात नै बन्द
    images
    images
    काठमाडौं। भाडा बढाउन नपाएपछि धादिङका यातायात व्यवसायीहरूले मंगलबार यातायात बन्द गरेका छन् । संघीय सरकारले बढाएको भाडादर अनुसार भाडा बढाउन नपाएपछि यवसायीहरुले यात्रुबाहक सवारी बन्द गराएका हुन्।  

    संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको मात्रै भाडा समायोजन गरेपनि एउटै प्रदेशभित्र चल्ने र स्थानीय तहमा चल्ने सवारीको भाडा समायोजन गरेको छैन।

    images
    images
    images

    तर, धादिङका व्यवसायीहरुले धादिङबेसीबाट छुट्ने र काठमाडौं बाट छुट्ने सबै रुटको भाडा आफु खुसी २८ प्रतिशतले बढाएका थिए। त्यहि भाडा कार्यान्वयन गर्दा प्रशासनले जरिवाना गराएको भन्दै सार्वजनिक यातायात बन्द गराएका हुन्।

    images
    images
    images

    यसअघि १ सय ८७ रुपैँयामा धादिङ काठमाडौ गरिरहेका यात्रुले अहिले बढाएको भाडा अनुसार लोकल बसमा २ सय ३७ र ननस्टप तथा डिलक्स बसमा २ सय ९० तिर्नुपर्छ।

    images
    images
    images

    साविक भन्दा बढी भाडा उठाएपछि यात्रुहरुले नै प्रहरीमा गुनासो गरेपछि नागढुंगा प्रहरीले (नयाँ भाडादर अनुसार) बढी भाडा उठाउने बस तथा माइक्रोबसलाई जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले बताए। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।