Logo

२०८३, आश्विन ११गते


images
images

पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु ‘टेनिस विकासमा अभिभावक बन्छु’–मन्त्री सिंखडा

पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु ‘टेनिस विकासमा अभिभावक बन्छु’–मन्त्री सिंखडा

images
  • पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु ‘टेनिस विकासमा अभिभावक बन्छु’–मन्त्री सिंखडा
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक, स्वास्थ्य तथा खेलकुद मन्त्री सुसिला सिंखडाले प्रतियोगिताका प्राविधिक निर्देशक प्रविण नायक र प्रतियोगिता निर्देशक अजय विष्टलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरिन् । सो अवसरमा मन्त्री सिंखडाले टेनिस संघले आयोजना गर्दै आएको अन्र्तराष्ट्रिय प्रतियोगिताहरुले पोखराको पर्यटन विकासमा महत्वपूर्ण भूमिंका निर्वाह गरेको बताइन् । उनले टेनिस विकासका लागि मन्त्रालयको तर्फबाट अभिभावकको भूंमिका निर्वाह गर्ने मन्त्री प्रतिवद्धता जाहेर गरिन् ।

    images
    images
    images

    उद्घघाटन समारोहमा बोल्दै नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका निमित्त कार्यालय प्रमुख नविन पोखरेलले विदेशबाट आएका खेलाडीहरुलाई हिमाल मुनिको टेनिस कोर्टमा स्वागत गर्दै आफ्नों देशमा पनि पोखराको सौन्दर्यता सुनाइदिन आग्रह गरे । अन्र्तराष्ट्रिय क्षेत्रबाट पर्यटक भित्र्याउने कार्यक्रमलाई सरकारी स्तरबाटै सहयोगको खाँचो रहने उनले औल्याए । आयोजक संघका अध्यक्ष लोक गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपाध्यक्ष नविन चालिसेले स्वागत तथा सचिव नविन श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

    images
    images
    images

    ब्वाइज सिंगलतर्फ भएको प्रतियोगिताको उद्घाटन खेलमा एलेक्जे सिभइवले भारतका एस पन्चाछरीलाई ६–०, ५–० (रिटायर्ट हर्ट)मा, भारतका प्रनिल शर्माले नेपालका निहाल जंगबहादुर थापालाई ६–४,६–१ ले, अमेरिकाका आरब सम्राट हाडाले भारतका सौर्य भारद्वाजलाई ६–२, ६–१ ले, भारतका अनिकेत बेन्करटामनले जापानका इपे माट्सुसिमालाई ६–३,६–१ ले, नेपालका प्रनव मानन्धरले भारतका आहन सेट्टीलाई ६–४,६–२ ले, नेपालकै आर्यन गिरीले भारतका आयन सेट्टीलाई ७–५,६–२ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए ।

    images
    images
    images

    त्यस्तै, भारतका आरब बर्माले क्वानडाका जसराज सिंह जगदेवलाई ६–७, ६–१ र ६–२ ले, जापानका रिकु हिगासीले भारतका डिगान्त एमलाई ६–४,२–६ र ६–० ले तथा नेपालका आयुषमान हजुर घलेले भारतका दक्ष कुक्रेटीलाई ६–३, ६–४ ले पराजित गरे । गल्र्स सिंगलतर्फ भारतका यासिका सोकिनले नेपालका सुनिरा थापालाई ६–१ ,६–१ ले पराजित गरिन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।