Logo

२०८३, श्रावण ३०गते


images
images

'राज्यले नियमन नगर्दा सहकारीमा विकृति बढ्यो'

'राज्यले नियमन नगर्दा सहकारीमा विकृति बढ्यो'

images
  • 'राज्यले नियमन नगर्दा सहकारीमा विकृति बढ्यो'
    images
    images

    देवदह । वित्तिय क्षेत्रमा देखिएका समस्या समाधान गर्न राज्यले पहल गर्नुपर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले राज्यले नियमन नगर्दा पछिल्लो समय सहकारीहरुमा विकृति बढिरहेको बताए । 

    images
    images
    images

    कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले सरकार सहकारी मैत्री हुन नसकेको आरोप लगाएका थिए । उनीहरुले राज्यले कृषकहरुलाई उत्पादनको आधारमा अनुदानको व्यवस्था गर्न आवश्यक रहेको औल्याएका हुन् । 

    images
    images
    images

    सो अवसरमा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले सहकारीका शेयर सदस्यहरुलाई उत्पादनसंग जोड्न सके आर्थिक उन्नति गर्न सकिने बताईन्  । सहकारीको माध्यमबाट आमनागरिकले वित्तिय आवश्यकता पुरा गरिरहेको बताउदै उनले सदस्यहरुको आर्थिक विकासमा सहकारीले उल्लेखनिय भूमिका खेल्नु पर्नेमा जोड दिईन् ।  उत्पादन बृद्धिले मात्र समृद्धि प्राप्त गर्न सकिने भएकोले सवै नागरिक उत्पादनसंग जोडिन आवश्यक रहेको औल्याउदै उनले   एकै प्रकृतिका सहकारीहरुवीच एकिकरण गरेर जान आवश्यक रहेकोमा जोड दिईन् । 

    images
    images
    images

    कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेफस्कुनका संचालक सन्दिप सापकोटा, लुम्विनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपाल, संस्थाका संस्थापक अध्यक्षद्धय कृष्णप्रसाद पौडेल, तुल्सीराम शर्मा, संस्थाका पुर्वअध्यक्ष प्रकाश अर्याल, लुम्विनी प्रदेश बचत तथा ऋण सहकारी संघका सदस्य निर्मला अधिकारी, पल्लवी साकोसका पुर्वअध्यक्ष खुमप्रसाद भण्डारी, शिवपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद भट्टराई लगायतले विचार व्यक्त गरेका थिए । 

    संस्थाको १९औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणि, उत्कृष्ट दिदीवहिनी क्लव, उत्कृष्ट सेवा केन्द्र, उत्कृष्ट कर्मचारी, पुर्व संचालक, उत्कृष्ट वालवचत कर्ता, उत्कृष्ट किशोरी बचत कर्ता, विद्यार्थी र विद्यालयलाई समेत सम्मान गरिएको थियो । 

    यसैगरी १९ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको छ । रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेको व्यवस्थापक विनोद पराजुलीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।