Logo

२०८३, कार्तिक २८गते


images
images

प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब

प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब

images
  • प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
    images

    देवदह । रुपन्देहीको देवदहमा संचालित प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिताको उपाधी देवदह प्रेस क्लबले जितेको छ। फाईनल खेलमा बुद्ध सामुदायिक टेलीभिजनलाई हराउदै देवदह प्रेस क्लब रातो टिम प्रतियोगिताको च्याम्पियन बनेको हो ।

    images
    images
    images

    आईतवार भएको फाईनल खेलमा देवदह प्रेस क्लबले बुद्ध सामुदायिक टेलीभिजनलाई ४-० को अन्तरले पराजित गरेको छ । देवदह प्रेस क्लबका जर्सी नं १० का किशोर पाठकले २ गोल , जर्सि नं ७ का पवन पौडेलले १ गोल र जर्सि नं ६ का लक्ष्मण न्यौपानेले १ गोल गरेका थिए। 

    images
    images
    images

    जितसंगै देवदह प्रेस क्लबले नगद ५१ हजार १११ रुपैयाँ राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

    images
    images

    उपविजेतामा चित्त बुझाउनु परेको बुद्ध सामुहिक टेलिभिजनले नगद ३१ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।  बुद्ध टेलिभिजनका कप्तान रोहित चौधरी उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा सर्वाधिक गोलकर्ता लुम्बिनी प्रेस क्लबका खेलाडी जयकेश हरिजन बने ।

    देवदह प्रेस क्लबको आयोजनामा भएको प्रथम देवदह मिडिया कप फुटबल प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागिता रहेको थियो। 

    विजेता खेलाडीहरुलाई एक कार्यक्रमका वीच लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री  चन्द्रकेश गुप्ता, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुद्ध सामुदायिक वनका अध्यक्ष टेक बहादुर राना लगायतले प्रदान गरेका थिए । 

    देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रथम देवदह मिडिया कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।