Logo

२०८३, आश्विन ११गते


images
images

पोखरामा अब बन्ने पूर्वाधार सबै अपांगमैत्रीः मेयर आचार्य

पोखरामा अब बन्ने पूर्वाधार सबै अपांगमैत्रीः मेयर आचार्य

images
  • पोखरामा अब बन्ने पूर्वाधार सबै अपांगमैत्रीः मेयर आचार्य
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले महानगरले अब बन्ने भौतिक पूर्वाधार सबै अपांगमैत्री बनाउने बताएका छन् ।

    images
    images
    images

    आइतबार महानगरले मनाएको ३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा उनले अपांगता भएकाहरुको हकहितका लागि आफूहरु गम्भीर रहेको उल्लेख गरेका हुन् ।

    images
    images
    images

    कार्यक्रममा मेयर आचार्यले अपांगताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्न पनि महानगरले ध्यान केन्द्रित गरेको बताए ।

    images
    images
    images

    उनले भने, ‘महानगरबाट विनियोजन हुने रकमलाई कार्यविधि बनाएर प्राथमिकताका आधारमा विनियोजन गरिनेछ ।’

    महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले अपांगता भएकाहरुलाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुपर्ने बताइन् ।समाजले अपांगता भएका व्यक्तिलाई गर्ने व्यवहारले धेरै प्रभाव पार्ने उनको भनाइ थियो ।

    ‘महानगरले अपांगता भएका व्यक्तिहरुका लागि ऐन, कानुन निर्माण गरेको छ,’ उपप्रमुख गुरुङले भनिन्, ‘तर, केही कमीकमजोरी भए यस क्षेत्रमा काम गर्ने संघसंस्था र व्यक्तिहरुको सुुझावका आधारमा परिमार्जन गरेर अगाडि जान सकिन्छ ।’

    उनले अपांगता भएका व्यक्ति वा परिवार पाल्नुुपर्ने महिलाहरुलाई उपप्रमुखसँग महिला कार्यक्रम अन्र्तगत सस्तो ब्याजमा ऋण उपलब्ध गराउँदै आएको जानकारी दिइन् ।

    ३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवस ‘दीगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ नारासहित मनाइएको हो ।

    कार्यक्रममा महानगरपालिका अपांग परिचपत्र वितरण समितिका सदस्य अञ्जना केसी, कोसिस कास्कीका अर्जुन सुनार, बालहितकारी परियोजना नेपालका निर्देशक ठाकुर प्रसाद चापागाईं, डिडा नेपालका संस्थापक अध्यक्ष गिरधारी सुवेदी, धनराज आचार्य हेमोफिलिया सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष गोविन्द भण्डारी, कोपिला नेपालका अध्यक्ष विना सिलवाल, हरियो खर्क अस्पतालका परियोजना व्यवस्थापक विष्णु गिरी, अटिजम केयर सोसाइटीका अध्यक्ष मुकुन्द लम्साल लगायतले अपांगता क्षेत्रमा भएका समस्याबारे धारणा राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा
  • # मेयर आचार्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।