Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवललाई बालमैत्री नगर बनाउन प्रतिबद्ध छौं : नगर प्रमुख पाण्डेय 

बुटवललाई बालमैत्री नगर बनाउन प्रतिबद्ध छौं : नगर प्रमुख पाण्डेय 

images
  • बुटवललाई बालमैत्री नगर बनाउन प्रतिबद्ध छौं : नगर प्रमुख पाण्डेय 
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई बालमैत्री नगर बनाउन प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार बुटवलमा आयोजित जनप्रतिनिधिहरुका लागि बाल अधिकार एवम् संरक्षणमा स्थानीय तहको भूमिका तथा जिम्मेवारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले बुटवल उपमहानगरका जनप्रतिनिधिहरुले बुटवललाई बालमैत्री नगर बनाउनका लागि यथेष्ट प्रयास गर्ने बताए।

    images
    images
    images

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बालबालिकामैत्री नगर बनाउनका लागि आवश्यक कानून निर्माण गर्ने बताए। उनले बालबालिकाको श्रमशोषण, पोषणयुक्त खानाको अभाव, अपहेलना, पारिवारिक र लैङ्गिक हिंसा, उपयुक्त स्वास्थ्य सुविधा प्राप्त गर्न नसक्ने अवस्थाको अन्त्य गर्नका लागि चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरेको बताए।

    images
    images
    images

    उनले नगरलाई सबै उमेर, सबै जातजाति, सबै समुदाय र सबै भाषाभाषीहरुको समान अस्तित्व र सहभागिता हुने गरी नीति कार्यक्रम तय गर्ने गरेको बताए। उनले बालश्रममुक्त शहर बनाउनका लागि कडाइका साथ अनुगमन र नियमन गर्ने प्रतिबद्धता जनाएका थिए।

    images
    images
    images

    कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाको हेरचाहदेखि विद्यालय शिक्षासम्ममा अधिकार र संरक्षणमा विशेष चासो दिएको बताइन्। उनले बुटवल सबैले समान अधिकार प्राप्त गरेको शहर बनाउनका लागि प्रतिबद्ध रहेको बताइन्।  

    बुटवल उपमहानगरपालिकाको आयोजना, सेतो गुराँस बालविकास सेवा रुपन्देहीको समन्वय र किडासाको सहयोगमा भएको कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषदका पूर्व कार्यकारी निर्देशक मिलन धरेल, किडासाका सञ्जय आत्रेय, सेतो गुराँस बालविकास सेवा रुपन्देहीकी अध्यक्ष ओमी पुनले बोल्दै बालअधिकारको संरक्षण हुनसकेमात्रै मुलुकले दक्ष जनशक्ति प्राप्त गर्न सक्ने बताएका थिए।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका वडाध्यक्षहरु विष्णु ढकाल, रामचन्द्र क्षेत्री, चन्द्रसिंह थापा, आर्थिक विकास तथा समाजकल्याण महाशाखा प्रमुख तुल्सा अर्याल, महिला बालबालिका तथा समावेशी शाखाकी तारा भुसालले बोल्दै बालबालिकाको अधिकार प्रदान र संरक्षणमा सबै क्षेत्रको समान भूमिका रहने बताएका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।