Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो फराकिलो हुने 

बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो फराकिलो हुने 

images
  • बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो फराकिलो हुने 
    images
    images

    बुटवल । बुटवलको मिलनचोकदेखि सुख्खानगर जाने बाटो फराकिलो बन्ने भएको छ । सडक क्षेत्रको हेभी इक्युपमेन्टको कार्यालयको पर्खाल र नजिकैका भवनहरु हटाएर सडक फराकिलो बनाउन शुरु गरिएको हो ।

    images
    images
    images

    बुटवल उपमहानगरपालिकाले सो सडक फराकिलो बनाउनका लागि चालु आर्थिक वर्षमा ३५ लाख बजेट विनियोजन गरेकोमा निर्माण कम्पनीले २३ लाख ४५ हजारमा काम सम्पन्न गर्ने गरी ठेक्का पाएको छ ।

    images
    images
    images

    मिलनचोकबाट पूर्व सुख्खानगर जाने बाटोको चापअनुसार बाटो साँघुरो भएकाले बाटोको क्षेत्रमा रहेको थप ८ फिटसम्मको पर्खाल र सोही क्षेत्रभित्र पर्ने भवन हटाउन लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनले हेभी इक्युपमेन्ट कार्यालय र स्थानीयसमेतको सहमति र सुझावअनुसार सडक फराकिलो बनाउने काम अगाडि बढाएको बताए।

    images
    images
    images

    "यो बाटोमा गाडीको चाप बढी भएको र सडक साँघुरो थियो, जसका कारण दुर्घटना हुने गरेको थियो ।" प्रमुख पाण्डेयले भने, "यो सडक फराकिलो भएपछि मिलनचोकको जाम पनि केही कम हुन्छ र सहज रुपमा गाडी आवतजावत गर्नसक्छन्।"

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।