Logo

२०८३, श्रावण ३०गते


images
images

माओवादी रूपान्तरण अभियान

रूपन्देहीमा मार्क्सवाद पढाउँदै माओवादी 

रूपन्देहीमा मार्क्सवाद पढाउँदै माओवादी 

images
  • रूपन्देहीमा मार्क्सवाद पढाउँदै माओवादी 
    images
    images

    देवदह । नेकपा (माओवादी केन्द्र) रूपन्देहीले जिल्लाका सबै पालिकाहरूमा कार्यकर्ता प्रशिक्षण (स्कुलिङ्ग) कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका १६ वटै पालिकाहरूमा मार्क्सवादी दर्शन सहितको पार्टी स्कुलिङ्ग कार्यक्रम गरिएको पार्टीका जिल्ला संयोजक  निर्मल जिसीले जानकारी दिए । 

    images
    images
    images

    विशेष रूपान्तरण अभियान संचालन गरिरहेको माओवादी केन्द्रले केन्द्रको सर्कुलर अनुसार पालिका तहमा स्कुलिङ्ग कार्यक्रम संचालन गरेको जनाईएको छ । सो अवसरमा दर्शन, राजनीतिक अर्थशास्त्र, संगठनात्मक सिद्धान्त, संघीयता, समाजवाद र समसामयिक विषयमा स्कुलिङ्ग गरिएको पार्टीको विशेष रूपान्तरण अभियानका रूपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले जानकारी दिए । 

    images
    images
    images

    जनजनमा माओवादी, घरघरमा माओवादी, मनमनमा माओवादी नारा दिईएको विशेष रूपान्तरण अभियानको क्रममा पार्टी कार्यकर्ताले उठाएका र जिज्ञासाको सैद्धान्तिक, राजनीतिक र सांगठानिक प्रश्नको जवाफसंगै समसामयिक विश्व राजनीति र पार्टीको आन्तरिक रणनीतिको बारेमा प्रष्ट पार्न कार्यकर्ता स्कुलिङ्ग कार्यक्रम संचालन गरिएको पार्टीले जनाएको छ । 

    images
    images
    images

    पार्टी स्कुलिङ्गकै क्रममा शनिबार रूपन्देहीको देवदहमा कार्यक्रम आयोजना गरियो । पार्टीका नगर कमिटि र वडा पदाघिकारी एवं जबस मोर्चाका अगुवाहरूलाई देवदह -७ स्थित सहिद स्मृति प्रतिष्ठानमा प्रशिक्षित गरिएको पार्टीका नगर अध्यक्ष गोविन्द ठटराई बताए । 

    रूपन्देहीमा मार्क्सवाद पढाउँदै माओवादी  .jpg

    विभिन्न छ सेशनमा संचालन गरिएको स्कुलिङ्गमा पार्टीका स्थायी कमिटि सदस्य गणेशमान पुनले समसामयिक विषयमा, प्रदेश अध्यक्ष सुदर्शन बरालले अर्थ राजनीति, केन्द्रिय सदस्य सिता बौडेलले समाजवाद, पार्टी नेताहरू किशोर विकले संगठन,  सुदिप न्यौपानेले दर्शन, तिरबहादुर रोकाले संघीयताको विषयमा प्रशिक्षित गरेको पार्टी क्षेत्रीय संयोजक मोतिलाल ढकालले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।