Logo

२०८३, श्रावण ३०गते


images
images

पहाडी भेगमा वर्षाको सम्भावना, तराईमा हुस्सु र कुहिरो

पहाडी भेगमा वर्षाको सम्भावना, तराईमा हुस्सु र कुहिरो

images
  • पहाडी भेगमा वर्षाको सम्भावना, तराईमा हुस्सु र कुहिरो
    images
    images

    काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावको कारण आज देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ। तराईका केही स्थानमा  हुस्सु र कुहिरो लागेको छ।

    images
    images
    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका थोरै स्थानमा आज दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम खालको हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    images
    images
    images

    आज राति पनि देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीकै अवस्था रहने छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

    images
    images
    images

    पहाडी भू-भागका थोरै स्थानमा मंगलबार राति पनि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम प्रकारको हिमपातकोसमेत सम्भावना छ।

    भोलि (बुधबार) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ।

    यतिबेला देशभरिको तापक्रम घट्ने क्रममा रहेको हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले सबैलाई आग्रह गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।