बुटवल । कान्ति माध्यमिक विद्यालयलाई बुटवल उपमहानगरपालिकाले प्रश्नपत्रबारे उचित जवाफ पेश गर्न पत्र काटेको छ । कक्षा ७ को स्थानीय पाठ्यपुस्तक 'हाम्रो बुटवल' को प्रश्नपत्रमा धेरै जसो प्रश्नपत्र इसाई धर्मबाट निकालिएको कारणले बुटवल उपमहानगरपालिकाले उचित जवाफ पेश गर्न पत्र काटेको हो ।
बुटवल उपमहानगरपालिकाले काटेको पत्रमा विद्यालयमा सञ्चालित दोस्रो त्रैमासिक परीक्षाको कक्षा ७ को स्थानीय पाठ्यपुस्तक हाम्रो बुटवल को पश्न पत्रमा प्रश्न नं. ३ (क), प्रश्न नं. ४ (क) प्रश्न नं. ५( खज गरी ४ वटा प्रश्नहरु इसाई धर्मबाट निकालिएको पाइएकोले यति धेरै प्रश्नहरु एउटै सम्वन्धित हुदा धार्मिक सहिष्णुतामा नकारात्मक प्रभाव पारिएको भन्ने गुनासो सुनिन आएकोले के कति कारणले यस्तो भएको हो ? उक्त प्रश्नहरु निधारित विशिष्टिकरण तालिका अनुसार निर्माण गरिएका हुन वा होइनन् सम्वन्धित शिक्षक संग यसको उचित जवाफ माग गरी ५ दिन भित्र यस कार्यालयमा पेश गर्न गराउनुहुन अनुरोध छ भनी उल्लेख गरिएको छ ।
प्रश्नपत्रमा धेरै जसो प्रश्नपत्र इसाई धर्मबाट निकालिएको भन्दै आलोचना भैरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology