Logo

२०८३, श्रावण २७गते


images
images

ह्याकर बताउने समुहद्वारा बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी, रास्ट्र बैंक भन्छ - 'डराउनु पर्दैन' 

ह्याकर बताउने समुहद्वारा बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी, रास्ट्र बैंक भन्छ - 'डराउनु पर्दैन' 

images
  • ह्याकर बताउने समुहद्वारा बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी, रास्ट्र बैंक भन्छ - 'डराउनु पर्दैन' 
    images
    images

    काठमाडौ । नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ ।

    images
    images
    images

    आफूलाई ह्याकर बताउने एउटा समूहले राष्ट्र बैंकसहित १५ वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज भाइबर र म्यासेन्जरमा पठाएका थिए । 

    images
    images
    images

    बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । ‘मलाई भाइबर र म्यासेन्जरमा यस्तो म्यासेज प्राप्त भएको थियो, हामीले हाम्रो (नेपाल राष्ट्र बैंक) र बैंकहरूको सिस्टम चेक गर्यौं, हाम्रो सिस्टम सुरक्षित छ, ह्याक भएको छैन, डराउनुपर्ने अवस्था छैन,’ उनले भने, ‘यो कार्य कानूनीरूपमा दण्डनीय हो, त्यसमाथि कारबाही हुन्छ।’ इमेल र कल गर्ने ब्यक्तिको बारेमा अनुसन्धान भैरहेको बताइएको छ । 

    images
    images
    images

    ह्याकरले पठाएको भनिएको म्यासेजमा नेपाल राष्ट्र बैंक सहित कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एशिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, नेपाल एसबीआई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गरी ती बैंकको सिस्टम ह्याक गरेर रकम निकालिने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ह्याकर
  • # रास्ट्र बैंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।