Logo

२०८३, श्रावण ३०गते


images
images

नेशनल प्याब्सन कास्कीले बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने

नेशनल प्याब्सन कास्कीले बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने

images
  • नेशनल प्याब्सन कास्कीले बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने
    images
    images

    राजेश पराजुली, पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल नेसनल प्याब्सन कास्कीले पौष ६ देखि ८ गतेसम्म पोखराको नयाँबजारमा अवस्थित प्रदर्शनी केन्द्रमा बृहत बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको छ ।

    images
    images
    images

    कास्कीका ४७ वटा निजी तथा आवासीय विद्यालयका सञ्चालकहरुको साझा संस्था एन प्याब्सन कास्कीले यसवर्ष नेसनल प्याब्सन कास्कीको शान, विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन पहिचान भन्ने नाराका साथ विद्यार्थीहरूको शारीरिक, संवेगात्मक, मानसिक, सामाजिक, सिर्जनात्मक, एवम् सर्वाङ्गीण विकासका लागि प्रभावकारी भूमिका खेल्ने उद्देश्यले बृहत बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको हो ।यसै सन्दर्भमा सोमवार पत्रकार महासंघ कास्कीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति वाचन गर्दै नेसनल प्याब्सन कास्कीका  अध्यक्ष हेमन्त अधिकारीले विद्यार्र्थीहरूका लागि समयानुकूल एवम् वैज्ञानिक शिक्षण सिकाइ क्रियाकलापहरू प्रस्तुत गर्ने हेतुले नेशनल प्याब्सन कास्कीले जिल्लास्थित सम्पूर्ण सदस्य विद्यालयहरूको संयुक्त आयोजनामा बर्षेनि विविध शैक्षिक, बौद्धिक, मनोवैज्ञानिक एवम् खेलकूद सम्बन्धी क्रियाकलापहरू सम्पन्न गर्दै आइरहेको वताए ।

    images
    images
    images

    उनले बृहत बाल प्रतिभा पहिचान महोत्सववाट विद्यर्थीभित्र रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन एवम् विकास गर्ने, विशेषगरी विद्यार्थीलाई सामग्री केन्द्रित शिक्षणपद्धति अपनाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने र यही क्रमलाई निरन्तरता दिदै राष्ट्रले खोजेको जनशक्ति उत्पादन गरी बढ्दो बेरोजगारीको समस्या हल गर्नमा समेत थप टेवा पुन्याउने विश्वास लिएको वताए ।

    images
    images
    images

    उक्त अवसरमा लोक संस्कृतिको संरक्षण एवम् संवद्र्धनको लागि लोकनृत्य प्रतियोगिता र एकल गायन प्रतियोगित साथै बिज्ञान, प्रविधिको आवश्यकता र महत्वलाई आत्मसात गर्दै आविष्कार तथा अपसाइक्लिङ र रिसाईक्लिङ प्रतियोगिता पनि गर्ने भएको छ । मौलिक परम्परागत हस्तकलाबाट निर्मित सामग्रीहरुको संरक्षण र सम्बद्र्धन गर्दै व्यवसायिकीकरणमा टेवा पुर्याउने उद्देश्यले हस्तकलाबाट निर्माण गरिएका सामग्रीहरुको प्रतियोगितात्मक प्रदर्शनी समेत रहेको वताइएको छ ।

     हाम्रो समाजमा लोप हुन गइरहेका पारम्पारिक वस्तु जस्तैः पराल, चोया र पात बाट बन्ने सामग्रीको प्रदर्शनीको संगमस्थलको रूपमा समेत उक्त कार्यक्रम रहने अपेक्षा गरिएको उक्त प्रदर्शनीमा नेसनल प्याब्सान कास्की अन्तर्गतका ४७ वटै विद्यालयहरुको सहभागीता रहने तथा करीब एक लाख भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने आयोजकको  अनुमान रहेको छ । कार्यक्रम सम्पन्न गर्नका लागि रु  पन्ध्र लाख रुपैया खर्च हुने अनुमान रहेको छ ।

    तीन दिन सम्म चल्ने यो बृहत महोत्सवमा संस्थाका सदस्य विद्यालयहरुमा अध्ययनरत विद्यार्र्थीहरुको विचमा स्वस्थ प्रतिष्पर्धात्मक रुपमा प्रतियोगिताहरु सञ्चालन गर्न सामुहिक लोकनृत्य, एकल गायन,चित्रकला,अभिनय,कविता बाचन प्रतियोगिताका लागि क्रमशः शिवराज पौडेल,ज्ञानेन्द्र बहादुर थापा,सञ्जय पौडेल हरिराज अधिकारी,अर्जुन प्रसाद अधिकारीलाई संयोजक तोकिएको अध्यक्ष  अधिकारीले जानकारी दिए । यसैगरी आविष्कार तथा अपसाइक्लिङ वा रिसाइक्लिडबाट निर्माण गरिएका सामग्रीहरुको प्रतियोगिताका लागि तोलाकान्त न्यौपाने,हस्तकला प्रतियोगिता अन्तर्गत पातवाट निर्माण गरिएका सामग्री, पराल वा छुवालीबाट निर्माण गरिएका सामग्री र चोयाबाट निर्माण गरिएका सामग्रीहरुको छुट्टाछुट्टै प्रतियोगिता संयोजक रमेशराज पौडेल,कम्प्युटर टाइपिङ प्रतियोगिता संयोजक अर्जुनप्रसाद पाण्डे रहेका छन् । साथै अप्रतियोगी तर प्रदर्शनीका रुपमा बिद्यार्थीहरुबाट निर्माण गरिएका खाद्य सामग्रीहरु पनि कार्यक्रम स्थलमा पाककला प्रदर्शनीको रुपमा रहने भएका छन ।  

    कार्यक्रम सम्पन्न गर्नका लागि  न्यायिक छानविन तथा मूल्याांङ्कन उपसमिति, टेन्ट, मञ्च व्यवस्थापन तथा सजावट उपसमिति,प्रचार प्रसार तथा सचिवालय उपसमिति, पुरस्कार व्यवस्थापन उपसमिति,स्वास्थ्य उपचार तथा खानेपानी व्यवस्थापन उपसमिति,अतिथि सत्कार उपसमिति र शान्ति सुरक्षा व्यवस्थापन उपसमिति क्रमशः हेमन्त अधिकारी, मानकाजी गुरुङ , प्रेमराज अधिकारी,राजु केसी ,राजु कायस्थ केशव शरण पौडेल र वेद कुमार श्रेष्ठ संयोजक रहने गरी गठन समेत गरिएका जानकारी दिइएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाल प्रतिभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।