Logo

२०८३, श्रावण २७गते


images
images

चीनमा मध्यरातमा भुकम्प, एक सय बढीको मृत्यु

चीनमा मध्यरातमा भुकम्प, एक सय बढीको मृत्यु

images
  • चीनमा मध्यरातमा भुकम्प, एक सय बढीको मृत्यु
    images
    images

    काठमाडौं । चीनको गान्सु प्रान्तमा शक्तिशाली भूकम्प जाँदा एक सय ११ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    सोमबार राति गएको भूकम्पमा परी २ सय २० जना घाइते भएका बीबीसीले जनाएको छ । गान्सुका साथै किंघाई प्रान्तका समेत दर्जनौँ घरहरु भत्किएका छन् ।

    images
    images
    images

    अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस) ले ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले भने गान्सु प्रान्त र किंघाईसँगको सीमा क्षेत्रमा ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

    images
    images
    images

    भूकम्पका कारण गान्सुमा एक सय र किंघाईमा ११ जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ । उक्त क्षेत्रका थुप्रै घरहरुमा क्षति पुगेको छ भने खानेपानी, विद्युत, यातायात तथा सञ्चार सेवासमेत प्रभावित भएको छ ।

    भूकम्प गएलगत्तै चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धार कार्यमा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भुकम्प
  • # चीन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।