Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनीमा सडक खाना महोत्सव हुने

लुम्बिनीमा सडक खाना महोत्सव हुने

images
  • लुम्बिनीमा सडक खाना महोत्सव हुने
    images
    images

    दिनेश प्रसाद लोध, लुम्बिनी । लुम्बिनीमा सडक खाना महोत्सवको हुने भएको छ । बुधबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै  लुम्बिनी होटल संघ नेपालले पुष १५ गते सडक खाना महोत्सव गर्नेबारे जानकारी दिएको हो ।

    images
    images
    images

    खानपिनलाई सांस्कृतिको अभिन्न अंगको रुपमा लिई लुम्बिनीमा आयोजना गरिने महोत्सवमा स्थानीय खानाका परिकारहरुका साथै लुम्बिनीमा रहेका अन्तर्ष्ट्रिय बिहारहरुको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, क्याम्बोडिया, म्यानमार, श्रीलंका आदि देशका परिकारहरु पनि सामेल गरिने आयोजकले जनाएको छ । 

    images
    images
    images

    यस वर्षको लुम्बिनी साँस्कृतिक महोत्सव तथा सडक खाना महोत्सवमा मधेशी, स्थानीय थारु समुदाय, मुस्लिम समुदाय, पश्चिमी तराईका ब्राह्मण समुदाय, नेवारी समुदाय, गरुङ्ग मगर समुदाय,  आदिका खानपिनका साथै पाल्पाको झिनिया रोटी, बटुक, हाँसको छोइला, यस क्षेत्रकै पहिचान बनेको चुकौनी,   इम्रिति मिठाइ लगायतका खानेकुराका साथै महोत्सवमा नौमति, पञ्चेबाजा, भगडा नाच, बिरहा, थारु झुमरा गीत संगीतको प्रस्तुति रहने म्बिनी होटल सघका अध्यक्ष गोबिन्द ज्ञवाली जानकारी दिए । 

    images
    images
    images

    'सडक मै खाँउ सडक मै रमाऔ मुल नाराका साथ लुम्बिनीमा आएका पर्यटकलाई खाना तथा विविधि संस्कृतिक चिनाउने र देखाउन उद्देश्यले १० देखि १५ विभिन्न जात जातिका खानाका परिकार एकै ठाँउमा चाख्न पाईने व्यवास्था गरि लोप हुन लगेका कतिपय खानालाई बजारीकरण गर्ने र  लुम्बिनीमा बसेर महोत्सवमा सहभागी हुन अतिथिहरुलाई सहयोग पुर्याउने आयोजकले जनाएको छ.। 

    लुम्बिनी होटल संघले पुस १५ गतेका निम्ति होटल कोठामा १५ प्रतिशत छुटमा उपलब्ध गराउन आफ्ना सदस्य होटलहरुसँग समन्वय र महोत्सवमा ३० देखि ४० हजार पर्यटकले भ्रमण गर्दै खाना स्वाद लिने व्यवस्था मिलाउने आयोजकको तयारी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।