Logo

२०८३, श्रावण ३०गते


images
images

विप्लव नेतृत्वको नेकपाले बुटवलमा मनायो माओदिवस

विप्लव नेतृत्वको नेकपाले बुटवलमा मनायो माओदिवस

images
  • विप्लव नेतृत्वको नेकपाले बुटवलमा मनायो माओदिवस
    images
    images

    बुटवल ।  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पुर्वी लुम्बिनी ब्युरोले १३१ औं माओदिवसका सन्दर्भमा मंगलबार बुटवलमा राजनैतिक तथा बैचारिक प्रशिक्षण एवं संगठन सुदृढ तथा विस्तार अभियान सुरू  गरको छ।

    images
    images
    images

    कार्यक्रममा पार्टीका स्थायी सदस्य अनिल सी, पार्टीका पिबिएम द्वय वसन्त सी र विनोद सी लगायत अतिथिहरुद्वारा माओको फोटोमा माल्यार्पण गरि माओका योगदानहरु बारे चर्चा गरिएको थियो । 

    images
    images
    images

    माओका योगदानहरु बारे चर्चा गर्दै स्थाई कमिटी सदस्य अनिल सीले माओले विश्व कम्युनिष्ट क्रान्तीमा छुट्टै र महत्वपुर्ण योगदान गरेको बताए । उनले  दर्शन, राजनिती, अर्थशास्त्र, बैज्ञानिक समाजवाद र संगठनका क्षेत्रमा नयाँ ढंगले व्याख्या गर्दै माओले  चिनको सापेक्षतामा  दिर्घकालिन जनयुद्धको नीति अगाडी सारी चिनीया क्रान्तिलाई सफल नेतृत्व प्रदान गरेको उल्लेख गरे । 

    images
    images
    images

    माओले किसान,  मजदुर र  रास्ट्रीय पुजिपति वर्गको सहभागितामा नयाँ जनवादी अधिनायकत्व स्थापित गर्ने नयाँ संस्लेशण अघि सारेको भन्दै नेता अनिलले नेपालको सन्दर्भमा श्रमिक वर्ग, मध्यमवर्ग र देशभक्तहरुको सहभागितामा एकीकृत जनक्रान्ती अगाडी बढ्ने र त्यही नै माओबाद भएको तर्क गरे।

    पुर्वी लुम्बिनी ब्युरो अन्तरगतका छ वटा जिल्लाका अगुवा नेता कार्यकर्तालाई प्रशिक्षित गर्दै नेता अनिलले विचार राजनिती र नेतृत्वको हाईट अनुशार संगठन निर्माणमा लाग्न अग्रह गरे। उनले भने - 'जानिबुझी नेपालको अर्थतन्त्र टाट पल्टाई परनिर्भरता तिर धकिलिंदैछ । मध्यम बर्ग दलाल पुजिपतिको उत्पिडनमा परेको छ । एमसिसि का माध्यमबाट अमेरिकि साम्राज्यबाद लगाएतको बिदेशि हस्तक्षेप भित्रिदैं छ र हाम्रो पार्टी र नेतृत्वलाई धेराबन्दी गरींदैछ तेसै देशभक्त मध्यम बर्गलाई एकाकार गरेर संघर्षमा जान जरुरी छ।'

    यस्तै पार्टीका पोलिटब्युरो सदस्य एवं व्युरो ईन्चार्ज वसन्त सीले माओको निरन्तर क्रान्तीको सिद्धान्तलाई पार्टीले आत्मसाथ गरेको बताउँदै दलाल पुवबजिपति वर्ग बाहेकका सवै वर्गलाई समेटेर नेपाली क्रान्तिको उठान गर्न जरुरी रहेको बताए । 

    कार्यक्रममा पार्टी नेताहरू विनोद सी, जितबहादुर सी, धिरज सी, पुर्व शिक्षक घनस्याम पाठक लगायतले माओका योगदानबारे चर्चा गर्दै संगठनात्मक अभियान मार्फत जनताका बिचमा पार्टीको नीति कार्यक्रमलिएर जान अपिल गरेका थिए । 

    यसैबिच ब्युरो अन्तर्गतका छ वटै जिल्लाका सेक्रेटेरी हरुलाई कम्युनिस्ट पार्टीको झण्डा हस्तान्तरण गरेर संगठन बिस्तार तथा सुदृढ अभियानको उद्घाटन गरिएको थियो भने भुकम्प पुनर्निर्माण अभियानमा गएका नेता कार्यकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

    पिविएम एवं  पुर्वी लुम्बिनी ब्युरो ईन्चार्ज कमरेड वसन्त सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  केन्द्रीय सदस्य तथा रुपन्देही ईन्चार्ज कमरेड सरद सी ले संचालन र स्वागत केन्द्रीय सदस्य तथा नवलपुर ईन्चार्ज कमल सी ले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विप्लव
  • # माओदिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।