Logo

२०८३, कार्तिक २८गते


images
images

बालकुमारी घटना : प्रहरीको गोली लागेर थप एकको मृत्यु, मृतकको संख्या २ पुग्यो

बालकुमारी घटना : प्रहरीको गोली लागेर थप एकको मृत्यु, मृतकको संख्या २ पुग्यो

images
  • बालकुमारी घटना : प्रहरीको गोली लागेर थप एकको मृत्यु, मृतकको संख्या २ पुग्यो
    images

    काठमाडौं । ललितपुरको बालकुमारीमा आज(शुक्रबार) भएको आन्दोलनमा प्रहरीको गोली लागेर थप एक युवाको मृत्यु भएको छ ।

    images
    images
    images

    रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर गम्भीर दुई घाइतेको उपचारको क्रममा मृत्यु भएको हो ।

    images
    images
    images

    प्रहरीका अनुसार आन्दोलनमा घाइते भएका दुईमध्ये एक जनाको पाटन अस्पताल र अर्का एक जनाको किष्ट अस्पतालमा मृत्यु भएको हो ।

    images
    images

    किष्ट मिडिकल अस्पतालका प्रमुख अमिश पाठकका अनुसार जुम्ला जिल्ला घर भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको छ ।

    राउत हाल भक्तपुरमा बस्दै आएका थिए । गोली लागेपछि अचेत अवस्थामा रहेका राउतलाई १२:४० बजे अस्पताल ल्याइपुर्याएकोमा १:१७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    राउतको छातीमा रातो-निलो डाम रहेको प्रमुख पाठकले जानकारी दिए । त्यस्तै, पाटन अस्पतालमा उपचाररत् वीरेन्द्र शाहको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

    इपिएस आवेदन फारम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएकाहरुले आज दिउँसो ललितपुर ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए ।

    मन्त्रीको गाडीलाई आन्दोलनकारीले घेरेपछि प्रतिकारमा सुरक्षाकर्मीले गोली चलाएको जनाइएको छ । साथै, प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालकुमारी घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।