Logo

२०८३, कार्तिक २८गते


images
images

बालकुमारी घटनापछि सुर्खेतमा पनि ‘युवा विद्रोह’

बालकुमारी घटनापछि सुर्खेतमा पनि ‘युवा विद्रोह’

images
  • बालकुमारी घटनापछि सुर्खेतमा पनि ‘युवा विद्रोह’
    images

    सुर्खेत । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै सुर्खेतमा ‘युवा विद्रोह’  प्रदर्शन भएको छ । ललितपुरको बालकुमारीमा दुई युवाको प्रहरी दमनबाट मृत्यु भएपछि सुर्खेतमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरिएको हो ।

    images
    images
    images

    शनिबार ‘युवा विद्रोह’ नाम दिएर युवाहरु बालकुमारी घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका हुन् । सडकमा उत्रिएर स्थानीयहरुले प्रदर्शन थालेका छन्।

    images
    images
    images

    घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने जस्ता मागहरु राख्दै स्थानीयले प्रदर्शन गरेका हुन्। मृतकका आफन्त तथा विभिन्न राजनीतिक दलका युवाहरूले सडकमा टायर बालेर प्रर्दशन गरेका थिए।

    images
    images

    सरकारको कार्यशैलीले देशमै सुरक्षाको वातावरणको ग्यारेन्टी गर्न नसकेको भन्दै युवाहरूले सरकारको चर्को विरोध गरेका छन्। मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग उनीहरूको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।