Logo

२०८३, श्रावण ३०गते


images
images

रुसले गर्‍यो युक्रेनमा हालसम्मकै ठुलो क्षेप्यास्त्र आक्रमण, ३० बढीको मृत्यु

रुसले गर्‍यो युक्रेनमा हालसम्मकै ठुलो क्षेप्यास्त्र आक्रमण, ३० बढीको मृत्यु

images
  • रुसले गर्‍यो युक्रेनमा हालसम्मकै ठुलो क्षेप्यास्त्र आक्रमण, ३० बढीको मृत्यु
    images
    images

    काठमाडौं । युद्ध सुरु भएयता रुसले युक्रेनमा हालसम्मकै ठूलो क्षेप्यास्त्र आक्रमण गरेको छ । शुक्रबारदेखि सुरु गरेको आक्रमणमा परी कम्तिमा पनि ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

    images
    images
    images

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणबाट किभ, ओडेसा, निप्रोपेत्रोभ्स्क, खार्किभ र ल्भिभमा १६० भन्दा धेरै घाइते भएका छन् ।

    images
    images
    images

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसयो यो आक्रमणमा सबै प्रकारका हतियार प्रयोग गरेको दाबी गरेका छन् ।

    images
    images
    images

    त्यहाँको वायु सेनाले एकैपटक यति धेरै क्षेप्यास्त्र प्रहार भएको कहिल्यै नदेखेको बताएको छ । वायु सेनाका प्रवक्ताका अनुसार रुसले हाइपरसोनिक, क्रुज र ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोग गरेको छ, जसमा एक्स-२२ प्रकारका क्षेप्यास्त्र पनि प्रयोग भएको छ ।

    शुक्रबारको आक्रमणको प्रतिरक्षा गर्न नसके पनि १५८ क्षेप्यास्त्र र ड्रोनमध्ये ११४ वटा खसालेका वायु सेनाले दाबी गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुस
  • # रुस-युक्रेन तनाब
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।