लकडाउन खुकुलो भएसंगै मैले किनेको 'सेकेन्ड ह्याण्ड स्कुटि' पास गर्न १० बजे यातायात कार्यालयमा पुगेँ । त्यहाँको दृश्य देख्दा मलाइ अनौठो लाग्यो । म भित्र एउटा प्रश्न उब्जियो । के साच्चै नेपालमा कोभिडको संक्रमण छ र ? मैले आफैले आफैलाइ प्रश्न गरेँ । बिडम्बना, प्रश्नको उत्तर स्वयं मलाइ नै दिनु थियो । कोरोना संक्रमण न भएको भए मुलुकभर धेरैको ज्यान जाने थिएन, धेरैको जागिर रोजगार गुम्ने थिएन । यसको जवाफ मस्तिष्कलाई दिँदै मन शान्त बनाएँ । यातायात कार्यालयको त्यो भिडमा धेरैले मास्क लगाएका थिएनन् भने कतिपयले चिँउडोमा मास्क लगाएका थिए । सेनिटाइजर भन्ने त धेरै परको कुरा हो जस्तो लाग्ने अवस्था थियो त्यहाँ ।
म यातायात कार्यालयमा प्रवेश गरे सङै लेखन्दासका लाइनहरु मध्य एक जनाकोमा पसेँ । उहाँलाई मेरो सम्पुर्ण फाइल देखाउदै स्कुटी पास गर्ने कसरी हो भनेर सोधपुछ गरेँ । उनले मेरो फाइल हेरे सङै बिमा गरे पछि मात्र पास हुने जानकारी दिए । सय रुपैयाँ उनलाई बुझाउदै म हिमालय बिमा तर्फ लागे अनि हिमालय बिमा कम्पनिमा पुगेर आफ्नो बिलबुक र नागरिता दिदै नामसारीको अनुरोध गरेँ । बिडम्बना त्यहाँ पनि बाक्लो लाइन थियो ।
करिब ३० मिनेट को कुराइ पछि उहाँहरुले आफ्नो सिस्टम् बन्द भएको जानकारी दिनुभयो । पुन: आफ्नो फाइल सहित म अर्को बिमा कम्पनीमा जान बाध्य भए । र मेरो पाईलाको पहिलो कदम प्रवेश भयो, आईएमइ बिमामा । मास्क चिउँदोमा र हातमा सेतो ग्लोब्स लगाएका ब्यक्तिलाई मैले मेरो फाइल बुझाएँ । उनले मलाइ नामसारिको लागि हो भनेर प्रश्न तेर्साए ? मैले सजिलै उत्तर दिए - हो । उनले फाइल अर्को कर्मचारीलाई दिदैँ म संग १७५० रुपैयाँ मागे ।
करिब ३० मीनेटको कुराइ पछि बिमा कम्पनीले मेरो स्कुटरको बिमा गराइदियो । मैले उसलाइ २ हजार रुपैयाँ दिएको थिए । आफ्नो फिर्ता पाउने रकम माग्दै म यातायात कार्यलयतर्फ लागे । पुन: पछाडिको गेटबाट प्रबेश गरे सङै मलाइ ३ नम्बर कोठामा पठाइयो । यातायातको ठुलो भवनमा ३ नम्बर अङ्क खोज्दै हिडें । बढो मुस्किलले ३ नम्बर कोठा फेला पर्यो ।
त्यहाँको दृश्य हेर्न लाएकको थियो । जस्तै कुनै खडेरी गाउँमा पानी आउँदाको लाइन हुन्छ । वा, लामो समयपछि ग्यास सिलेन्डरका डल्ला बोक्नका लागि लाइन हुन्छ । हो, त्यहाँ त्यस्तै लाइन थियो । करिब ५२ जनाको लाइन पछि ५३ औं मा म थिएँ । उक्त लाइनमा अरु जस्तै म पनि पसिना चुहाउदैं, एक हातले पसिना पुस्दै र अर्को हातले फाइल समाउदै बसिरहेको थिएँ ।
त्यहाँ केही थिएन, न सामाजिक दुरि, न त कोरोनाको डर नै । आफ्नो ज्यानको बाजी लगाउँदै सबैजना लाइनमा बस्न बाध्य थिए । यसैविचमा एक जना चौकीदार त्यो भिडमा फाइल संकलन गर्दै आएका थिए । मैले उन्लाइ प्रश्न गरे, यो संकलन के का लागि ? उनले सहजै उत्तर दिएन, सेवाग्राहीलाई केही सहज हुन्छ कि भनेर संकलन गरेको । उनले मेरो सहित अन्य सबैको फाइल लिएर ३ नम्बर कोठाका हाकिम सामु बुझाए ।
अगि सम्म त मेरो हातमा फाइल थियो साहारको लागि । अहिले त हात रित्तो छ, त्यै पनि हामी त्यो लाइन मै बसिरहेका छौँ । म आफ्नो पालो को प्रतीक्षा गरि रहेको थिएँ । करिब २ घन्टा को प्रतीक्षापछि भित्रबाट नाम आयो - रेशम अधिकारि । त्यो भिड लाई पन्छाउदै म हाकिम तर्फ लागेँ।
हाकिमले सबै फाइल जाँच गरेपछी म सङ्ग २०० रुपैयाँ मागे । मैले सहजै दिएँ र आफ्नो फाइल लिएँ । आफ्नो फाइल लिए सङ्गै उनलाई प्रश्न गरे, कति नम्बरमा जाने ? उनी बोलेनन् - मानौ कि उनी कुनै मुर्ति हुन ।
मैले बारम्बार प्रश्न गरे पछि पनि जवाफ नपाएपछि म अर्को फाँट तिर लागे । त्यो फाँट नामसारिको थियो । अघिनैको भन्दा केही भिड कम थियो । घडिमा हेरेँ करिब १:३० गएको थियो । मनमा आस थियो, अब काम छिटै हुन्छ । अर्को फाँट तर्फ मैले सबै कागज बुझाएँ र १९ नम्बरबाट २० नम्बर मा मेरो फाइल गयो ।
२० मिनेट कुराई पछि, लिला मणि अधिकारी भनेर हाकिमले बोलाए । मैले बुवा लाई हाकिम तिरा जान अनुरोध गरे । बुवाले विभिन्न कागज कागजमा औठा छाप, हस्ताक्षर गर्नुभयो । उहाँ मेरो नाताले हजुर बुवा पर्नुहुन्थो । उहाँले हस्ताक्षर पछि मेरो पालो आयो । त्यहाँका हाकिमले विभिन्न प्रश्न गरे, जस्तै फोन नम्बर सोधपुछ, नाम , ठेगाना । मैले सबै बताए ।
त्यसपछि उनले सबै फाइल ढड्डामा राख्दिए । त्यहाँको काम सकिएपछि उनले अब अर्को फाटमा जाने कुरा बताए । मैले मेरो पार्किङमा राखेको स्कुटर चेक जाँच को लागि अर्को चेक जाँच गर्ने ठाउँमा राखेँ । रातो टोपी लगाएका एक जना कर्मचारीले मेरो स्कुटरको इन्जिन चेक गरेर फाइलमा हस्ताक्षर गरे र मैले चेक जाँचबाट अर्को ठाउमा पार्किङ गरे।
चेक जाँच गरेपछि फाइल ढड्डा भित्र राखदिए अनि अन्तिम फाटमा पुगे र सबै ढड्दा सङै मैले आफ्नो फाइल बुझाए । त्यहाँका हाकिमले अन्तिम चोटि केही सोध पुछ गरे अनि बिल बुकमा मेरो फोटो टाँसेर सवारी नामसारी गराइदिए ।
यसरी १० बजे यातायात कार्यालयमा पसेको म सबै काम सकेर निस्कदा घडिमा करिब ३ बजेको थियो । अत्यन्तै मुस्किलले यातायात कार्यालय मणिग्राममा ५ घण्टा बिताएँ ।
- रेशम अधिकारी, सुनवल
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology