दिनेश प्रसाद लोध, लम्बिनी । रुपन्देहीको गैडहवा गाँउपालिका वडा नम्बर ६ मा रहेको सुर्यपुरा बहुमुखी क्याम्पसको भवनको सिलान्यास भएको छ ।
२०७१ सालमा स्थापना भएको क्याम्पसको आफ्नै भवन नभएको कारणले सुर्यपुरा माध्यमिक विद्यालयमा कक्षा सञ्चाल हुदै आईरहेको थियो।
सिलान्यास कार्यक्रममा गैडहवा गाँउपालिका अध्यक्षको प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी निवर्तमान पालिका अध्यक्ष बच्चुलाल केवट वडा अध्यक्ष राजकुमार लोधको, वडा अध्यक्ष बिजय कुमार शर्माको राजनितिकदलहरुको उपस्थितिमा भवनको सिलान्यास भएको छ।
यो योजना गौरवको योजना भएकोले यस सुर्यपुरा बहुमुखी क्याम्पसको शिलान्यास कार्यक्रममा गाँउपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले उक्त भवनको शिलान्यास भएपछि सञ्चारक्रमी संग कुराकानी गर्दै बहुमुखी क्याम्पसको भवन असार मसान्तसम्म बन्ने बताउदै निर्माणकार्यमा ठेकेदारले कुनै कमसल सामान प्रयोग गरेमा पत्रकार र स्थानीय लाई निरन्तर रेखदेख गर्न आग्रह गर्दै पालिकाले निरन्तर अनुगमन गर्ने बताए ।
गाँउपालिकाका पुर्व अध्यक्ष बच्चुलाल केवट सुर्यपुरा माध्यमिक विद्यालयका विद्यालय ब्यवास्थापन अध्यक्ष भएकोले बालबलिकाहरु क्याम्पस पढ्न टाढा जानुपरेकोले बध्यताले अब क्याम्पस पनि खोल्ने अवश्यकता परेकोले २०७१ मा सालमा सुर्यपुरा बहुमुखी क्याम्पसको स्थापना भएपछि २०७४ सालको स्थानिय चुनावको गाँउपालिका अध्यक्षको चुनाव जिते पछि यस क्याम्पसको बाउण्डी पर्खाल निर्माण गरि क्याम्पसको भवनको मेरो कार्यकालमा भवनका डिपीर भईसके पछि अहिले यो भवनको पौडेलको कार्यकालमा भवनको सिलान्यास भएको मेरो सपना पुरा भएको केवटले बताएका छन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी निवर्तमान पालिका अध्यक्ष बच्चुलाल केवट वडा अध्यक्ष बिजय कुमार शर्मा राजकुमार लोध राजनैतिक दल लगाएत स्थानीय कर्मचारी बुद्धिजीवी लगाएतको उपस्तिथि रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology