Logo

२०८३, कार्तिक २८गते


images
images

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशका उम्मेदवार प्युठानमा

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशका उम्मेदवार प्युठानमा

images
  • राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशका उम्मेदवार प्युठानमा
    images

    सन्तोष सुनार, प्युठान । आसन्न माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरू प्रचार प्रसारको लागि जिल्ला जिल्लामा पुगेका छन् । सोही क्रममा  सत्ता गठबन्धनका लुम्बिनी प्रदेशका उम्मेदवार झक्कु प्रसाद सुवेदी र विष्णु सापकोटा बिहिबार प्युठानमा आयोजित निर्वाचन प्रचार प्रसार तथा परिचयात्मक कार्यक्रममा सहभागी भए । 

    images
    images
    images

    निर्वाचनको प्रचार गर्न पाचँदलीय सत्ता गठबन्धनका उम्म्मेदवार सुवेदी र सापकोटाले  जिल्लामा क्रियाशील राजनैतिक दलका प्रतिनिधी, पालिका  प्रमुख-उपप्रमुख, वडाअध्यक्ष तथा पत्रकारहरुसँग प्युठान नगरपालिकाको कार्यालय विजुवारमा परिचात्मक कार्यक्रम गरेका हुन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै उम्मेदवार सुवेदीले गठबन्धन सरकारले जनपक्षीय काम गरेको जिकिर गरे । सरकारले विकास र सुशासन कायम गर्न महत्वपुर्ण काम गरेको दावी गर्दै उनले पाचँ वर्षसम्म देशमा भएका भ्रष्टचार निर्मुल पार्ने बताए ।  त्यसैगरी  अर्का उम्मेदवार सापकोटाले आफुहरु विजयी भएपछी जिल्लामा रहेका समस्याहरुको समधान गर्ने बताए ।

    images
    images

    नेकपा माओवादीका केन्द्रका लुम्बिनी प्रदेशका सचिव कृष्ण अधिकारीले गठबन्धन दलका उम्मेदवारला मतदान गर्न पालिकाका प्रमुख –उपप्रमुखलाई  आग्रह गरे । 

    माओवादी केन्द्र प्यूठानका संयोजक नमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्विनी प्रदेशका उप –सभापति भुवन प्रकाश श्रेष्ठ, रा.ज.मो.केन्द्रीय सदस्य कृष्ण खड्का, जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपाने, गठवन्धन दलका केन्द्र प्रदेश,जिल्ला हुँदै पालिका तहसम्मका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।