देवदह । रुपन्देहीको देवदहदेखि पाल्पाको माथागढ़ी गाउँपालिका जोड्ने खैरेनी-गोठादी मार्गको गिद्धे भीररमा टिप्पर दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
देवदहको खैरेनीदेखि पाल्पाको माथागढी बालुवा लिएर जादैं गरेको लु. २ ख ४५०९ नम्बरको टिप्पर विपरीत दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममा बिहिवार बेलुकी ८:३० बजे सडकबाट ३०० मिटर तल खसेको प्रहरी चौकी खैरेनीका इन्चार्ज डाक्टर प्रसाद चौधरीले जानकारी दिए ।
दुर्घटनामा परि मृत्यु हुनेमा माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीय भिमिसरा सारु र दुई वर्षीय पर्सला सारु रहेका छन् ।
टिप्पर चालक र मृतक पर्सलाकी आमा २२ वर्षीय सृजना सारुको देवदह मेडिकल कलेज भलुहीमा उपचार भैरहेको छ । टिपर चालकको नाम खुल्न नसकेको र उनको अवस्था गम्भीर रहेको र घाइते सारुको अवस्था मध्यम रहेको इन्चार्ज चौधरीले जानकारी दिए ।
पाल्पा माथागढी गाउँपालिकाका स्थानीयको मुख्य व्यापारिक स्थल देवदहको खैरेनी बजार हो । गाउँमा उत्पादन भएका तरकारी सहित अधिकाश वस्तु खैरेनीमा ल्याएर बिक्री वितरण गर्ने गर्छन् ।
देवदहको खैरेनीदेखि शुक्रबार बजारको दिन बाहेक अन्य दिन नियमित रुपमा सार्वजनिक यातायात चल्दैन । माथागढीका स्थानीय दैनिक ओहोरदोहोर गर्ने टिप्परमै आवतजावत गर्ने गर्छन् । सडकको अवस्था नाजुक भएको कारण दैनिक रुपमा सानाठुला दुर्घटना हुने गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology