सन्तोष सुनार, प्युठान । जिल्लाको बिजुवार बजारदेखि झारीबाङसम्म म्याजिक सेवा सञ्चालन गरीएको छ । बिहिवार प्यूठानको स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालिले प्युठान नगरपालिका ४ बिजुवार बजारदेखि प्युठान नगरपालिका २ झारीबाङसम्म 'म्याजिक सेवा' सञ्चालन गरीएको हो ।
प्युठान नगरपालिका २ क्वाडीबाट दैनिक रुपमा स्वर्गद्धारी नगरपालिका ८ बर्जिबाङको हुलाकासम्म बस सञ्चालन गर्दा यात्रुहरु बसमा भिडबाड र यात्रुहरुलाई यात्रा गर्न कठिनाई भएको कारण म्याजिकहरु सञ्चालन गरिएको वडाअध्यक्ष मोहोन सिंह विष्टले बताए । म्याजिक चितिखोलाको लागि विजुवारदेखि विहान ८ बजे छुट्नेछ । झारीवाङ ८ः४५ पुग्नेछ र झारीबाङबाट ९ बजे विजुवार फर्कनेछ ।
त्यसैगरी बिहान ११ बजेबिजुवारबाट छुट्ने म्याजिक झारीबाङबाट १२ बजे फर्कने छ । दिउसो ४ बजे बिजुवारबाट छुटेको म्याजिक झारीबाङबाट ४ः४५ मा फर्किने जनाईएको छ ।
म्याजिकको भाडादर बिजुवारबाट चितिखोला सम्म २५ रुपैया, बिजुवारबाट जानकी विद्यालय चिसापानीसम्म ५० रुपैया, विजुवारबाट अड्डापाटा ६० रुपैया,बिजुवारबाट जनता टोलसम्म ७५ रुपैया र बिजुवारबाट झारीबाङसम्म ८५ रुपैया कायम गरिएको स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालीका लेखापाल दिपेन्द्र कुमार श्रेष्ठले सेतोमसीलाई जानकारी दिए ।
म्याजिक सञ्चालन गर्दा झारीबाङका स्थानीयबासीहरु बिजुवार आउदा बसलाई कुरेर बस्नु पर्ने, छोराछोरी विद्यालय पढाउनका लागि आमाहरु बजारमा कोठा भाडा लियर बस्नु पर्दा विभिन्न समस्याहरु झेल्नु पर्ने समस्या समाधान हुने स्थानीय विजय खड्काले बताए । यातायातको सहजताका कारण गाउँमा उत्पादन भएका तरकारी, फलफुल बजारसम्म ल्याएर विक्रि गर्न सजिलो हुनुको साथै पुंजी र समय पनि बचत हुने खड्काको भनाई छ ।
स्वर्गद्धारी गौमुखी यातायात सेवाले साना ठुला जीप ,बस र म्याजिक गाडीहरु सञ्चालन गर्दै आइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology