काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिलकुमार शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
शर्माले राज्यलाई जनतासँग र जनताको आवाजलाई पार्टीको नीति तथा निर्णयसँग जोड्दै समयले मागेको रूपान्तरणलाई संस्थागत गर्ने संकल्पसहित महामन्त्री पदमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन् ।
उनले आफ्नो अभियानमा पार्टीका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिको विश्वास, सहभागिता र सहयात्राका लागि आग्रह गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा सबैभन्दा धेरै प्रतिस्पर्धा महामन्त्री पदमै हुने देखिएको छ । प्रारम्भिक चरण भएकाले दाबेदारको संख्या घटबढ हुन सक्ने भए पनि दुई महामन्त्री पदका लागि करिब एक दर्जन नेताले आकांक्षा राखेका छन् ।
विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल र गुरुराज घिमिरे पुनः यही पदमा दोहोरिन चाहिरहेका छन् । त्यस्तै प्रवक्ता देवराज चालिसे, उदयशमशेर राणा, प्रकाश रसाइली ‘स्नेही’, डा. डिला संग्रौला, जीवन परियार, नैनसिंह महर, रामहरि खतिवडा, आङ्गेलु शेर्पा, अमरसिंह पुन र मधु आचार्य पनि महामन्त्रीका आकांक्षीका रूपमा देखिएका छन् ।
यीमध्ये केही नेताले उम्मेदवारी घोषणा गरिसकेका छन् भने केहीले आन्तरिक रूपमा तयारी अघि बढाइरहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology