देवदह । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको घोडाहा सेवा केन्द्रको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाको २१औँ वार्षिक साधारण सभाअन्तर्गत विभिन्न सेवा केन्द्रमा साधारण सभा आयोजना गरिएको संस्थाका व्यवस्थापक विनोद पराजुलीले जानकारी दिए ।
साधारण सभामा प्रस्तुत अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सर्वसम्मत पारित गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा बोल्दै देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेल, संस्थाका सल्लाहकार मित्रलाल न्यौपाने लगायतले सदस्यले आफ्नो खातामा जम्मा भएको रकम र एक वर्षमा गरेको बचतबारे नियमित जानकारी लिनुपर्ने बताए ।
कार्यक्रममा संस्थाले ६५ वर्षमाथिका एकल सदस्य तथा ७० वर्षमाथिका ज्येष्ठ सदस्य गरी ४५ जनालाई खादा र नगदसहित सम्मान गरेको छ ।
घोडाहा सेवा केन्द्रका इन्चार्ज अर्चना बश्यालको सञ्चालन तथा सञ्चालक समिति सदस्य एवं घोडाहा केन्द्र व्यवस्थापन उपसमिति संयोजक खैराज शर्माको अध्यक्षतामा साधारण सभा भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology