दिनेश प्रसाद लोध, लुम्बिनी । लुम्बिनीमा माघी तथा खिचडी महोत्सव २०८० सुरु भएको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ९ मा तेस्रो माघी तथा खिचडी महोत्सव सुरु भएको हो ।
थारु समुदायको "हमहनके भेषभुषा हमहनके, भाषा साँस्कृति हमहनके पहिचान" मुल नाराका साथ महोत्सव सुरु भएको हो । थारु समुदायको साँस्कृतिक, भेषभुषा र लोप हुन लागेको हुनाले माघी तथा खिचडी महोत्सवको आयोजना जनाइएको छ । थारु समुदायले माघ महिना नयाँ बर्षको रुमा मनाउने चलन पनि रहेको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ९ खुदावगार सामुदायिक सिकाई केन्द्रको आयोजनामा सुरु भएको कार्यक्रममा थारु समुदायका संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा खुदावागर समुदायिक सिकाई केन्द्रका अध्यक्ष शिवनाथ चौधरीको अध्यक्षता र नगरपालिका उपप्रमुख कल्पना हरिजनको प्रमुख आतिथ्यता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology