Logo

२०८३, आश्विन ९गते


images
images

टाइगर कप : हेल्प नेपालले जित्यो उपाधि

टाइगर कप : हेल्प नेपालले जित्यो उपाधि

images
  • टाइगर कप : हेल्प नेपालले जित्यो उपाधि
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरामा सम्पन्न भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौंले जितेको छ । 
    पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको फाइनल खेलमा हेल्प नेपालले घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । 

    images
    images
    images

    हेल्प नेपालले गण्डकी प्रदेशलाई २५–१३, २५–१८, २४–२६ र २५–१७ ले पराजित गरेको हो । हेल्प नेपाललाई लिगचरणको खेलमा गण्डकी प्रदेशले ३–२ को सेटमा पराजित गरेको थियो । 

    images
    images
    images

    यस्तै महिलातर्फ नेपाल एपिएफ क्लबले उपाधिमा हयाट्रिक गरेको छ । एपिएफ क्लबले न्यू डायमण्ड स्पोर्टस् क्लबलाई ३–१ सेटमा पराजित गर्दै उपाधिमा ह्याट्रिक गरेको हो । एपिएफ क्लब प्रतियोगिताभर अपराजित हुँदै उपाधि जितेको हो । 

    images
    images
    images

    नेपाल एपिएफ क्लब पहिलो संस्करणको उपविजेता, दोस्रो र तेस्रो संस्करणको उपाधि विजेता टिम हो ।  

    टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो । 

    प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । 

    उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टाइगर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।