बुटवल । जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले तीनदिन विद्यालयहरुमा जाडो विदा दिएको छ । माघ ७ देखि ९ गतेसम्म ३ दिन विद्यालयहरुमा जाडो विदा दिएको हो । उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले एक सूचना जारी गरि उपमहानगर भित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म विदा दिने बताए ।
‘यस उपमहानगरपालिकाको माघ ५ गतेको निर्णयानुसार अत्यन्तै जाडो बढेको कारण यस उपमहानगरपालिका अन्तर्गत संचालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा माघ ७ गतेदेखि नौ गतेसम्म तीन दिनसम्मको लागि जाडो बिदा (हिँउदे बिदा) गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’ सूचनामा भनिएको छ । जाडोका कारण जनजीवन प्रभावित बनेको छ । बालबालिका र बृद्धबृद्धा बढि प्रभाबित भएका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology