दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३ –०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहारनजिकै दुर्घटना हुँदा बसमा सवार बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठका अनुसार आइतबार राति दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको शवलाई लमही अस्पतालमा राखिएको छ । अन्य दुई जना घाइते भएका छन् ।
बसमा ४७ जना सवार रहेका थिए । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology