Logo

२०८३, कार्तिक २८गते


images
images

सन्दीप आधारभूत विद्यालयले मनायो ३१औँ वार्षिक उत्सव

सन्दीप आधारभूत विद्यालयले मनायो ३१औँ वार्षिक उत्सव

images
  • सन्दीप आधारभूत विद्यालयले मनायो ३१औँ वार्षिक उत्सव
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ मा अवस्थित सन्दीप आधारभूत विद्यालयको ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ।

    images
    images
    images

    वि.स २०५० सालमा स्थापना भएको विद्यालयले ३१ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम आयोजना गरेको हो।

    images
    images
    images

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गालाल तिवारीले विद्यालयको वर्षभरिको गतिविधिलाई समेट्दै वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। 

    images
    images

    कार्यक्रममा बोल्दै  वडा नं ९ का वडाध्यक्ष मोहनबहादुर जिसीले आफू निर्वाचन भए लगत्तै विद्यालयको अवस्था परिवर्तनको निम्ति के गर्नुपर्छ भन्ने कुरामा कसैबाट साथ सहयोग नपाएको बताउँदै विगतका दिनहरूलाई बिर्सदै नगरभित्र रहेका राजनीतिक दल, संघसंस्था, आमा समूह लगायत अन्य संघसंस्थाहरू मिलेर वडा नम्बर ९ मा रहेको एकमात्र सामुदायिक विद्यालय सन्दीप आधारभूत विद्यालयलाई नमुना माध्यमिक विद्यालय बनाउनुपर्ने  धारणा व्यक्त गरे। 

    कार्यक्रममा कृष्णप्रसाद गौडेल, खेमनारायण ढकाल, उमाकान्त अधिकारी लगायतले शुभकामना मन्तव्य  राखेका थिए।

    कार्यक्रममा वार्षिक उत्सवको अवसर पारेर विद्यालयले विभिन्न विधामा सञ्चालन गरेका अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरेको थियो । विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पूर्व प्रधानध्यापक, चन्दादाता, विभिन्न सङ्घसंस्थासँगै विद्यालयमा १५ वर्ष भन्दा बढी अध्यापन गराउने शिक्षकलाई सम्मान गरिएको थियो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकर शर्मा गौडेलको अध्यक्षता, वडा नं ९ का वडा अध्यक्ष मोहनबहादुर जिसीको प्रमुख आतिथ्यता र शिक्षिका सरस्वती बिष्टको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।