Logo

२०८३, आश्विन १०गते


images
images

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता

images
  • कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता
    images
    images

    दमौली (तनहुँ) । आगामी माघ १८ देखि २० गतेसम्म हुने तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि गण्डकी प्रदेशका खेलाडी छनौट गरिएको छ । नेपाल कराते महासङ्घ गण्डकी प्रदेशले आज तनहुँको दमौलीमा प्रतियोगिताको आयोजना गर्दै गण्डकी प्रदेशका तर्फबाट खेलाडी छनौट गरेको हो ।

    images
    images
    images

    प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक नौ जिल्लाबाट खेलाडी सहभागिता रहेको गण्डकी प्रदेश अध्यक्ष मनिराज थापाले जानकारी दिए । विभिन्न जिल्लाका खेलाडीबीच प्रतिस्पर्धा गराई राष्ट्रिय प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको उनले बताए । उनका अनुसार महिला र पुरुष गरी कूल २२ खेलाडी छनौट गरिएको छ । खेलाडी छनौटका लागि विविध विधामा प्रतिस्पर्धा गराइएको थियो ।

    images
    images
    images

    छनौट भएका खेलाडीमा नौ महिला र ११ जना पुरुष छन् । महिलातर्फ ६८ केजीमा स्याङ्जाका विनिता मिजार, ५० केजीमा लमजुङका प्रिति तामाङ, ५५ केजीमा तनहुँका मनिषा पुन, ६१ केजीमा लमजुङका जाहिरा मियाँ र ६८ भन्दा माथि केजीमा बागलुङका इन्दु श्रीस छनौट भएकी छन । त्यस्तै एकल काता महिलामा कास्कीका विमला नेपाली, महिला टोली कातामा मेनुका गाहा, राधा सोमै र दुर्गा डुम्रे छनौट भएका छन ।

    images
    images
    images

    पुरुषतर्फ ६७ केजीमा गोरखाका विन्दन थापा, ६० केजीमा लमजुङका सुनिल गुरुङ, ५५ केजीमा म्याग्दीका मार्सल गर्बुजा, ५० केजीमा गोरखाका बुद्ध लामा, ७५ केजीमा गोरखाका अनिल बराम, ८४ केजीमा गोरखाका विशाल थापा र ८४ भन्दा माथि केजीमा बागलुङका प्रवीन कुँवर छनौट भएका छन । एकल काता पुरुषतर्फ कास्कीका प्रभात पुन र पुरुष टोली कातामा युनिस गाहा, योगराज पौडेल र दीपक विक छनौट भएका छन । नेपाल कराते महासङ्घको तत्वावधान तथा गोदावरी नगरपालिकाको मुख्य प्रायोजन र जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा सातदोबाटोस्थित कराते एकेडेमीमा राष्ट्रिय कराते प्रतियोगिता हुँदैछ ।

    उक्त प्रतियोगितामा सातवटा प्रदेश र तीनवटा विभागीय टोलीसहित दश टोलीको सहभागिता रहनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कराते प्रतियोगिता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।