Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा जिल्लास्तरीय कराते प्रतियोगिता हुने

देवदहमा जिल्लास्तरीय कराते प्रतियोगिता हुने

images
  • देवदहमा जिल्लास्तरीय कराते प्रतियोगिता हुने
    images
    images

    राहुल देव सापकोटा, देवदह ।  रुपन्देहीको देवदह नगरपालिका वडा नं २ ढेकावरमा जिल्ला स्तरीय कराते प्रतियोगिता हुने भएको छ । ढेकावर सितोरियो कराते डोजोको आयोजना र देवदह नगरपालिका २ वडा कार्यालयको सहयोगमा उक्त प्रतियोगिता हुन लागेको ढेकावर सितोरियो कराते डोजोका अध्यक्ष मिलन गुरुङले बताए।

    images
    images
    images

    प्रतियोगिता यही फागुन ६ र ७ गते देवदह २ वडा कार्यालय अगाडि हुने समिती द्वारा पत्रकार सम्मेलनमा बताइएको छ। प्रतियोगितामा रुपन्देही जिल्लाका करिब २ सय खेलाडीहरुको सहभागिता रहने अध्यक्ष गुरुङ्गले जानकारी दिए। राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरेको उनले बताए। प्रतियोगिता मार्फत स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्न सकिने भएकोले विभिन्न संघसस्थाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष गुरुङ्गले पत्रकार सम्मेलनमा बताए। विगत लामो समयदेखि कराते खेलको पर्बधन  गर्दै आएको र सक्षम खेलाडी उत्पादन गर्नु नै पहिलो लक्ष्य रहेको उनी बताउँछन  । प्रतियोगिता सम्पन्न गर्नको लागि देवदह नगरपालिका २, वडा कार्यालयले १ लाख ५० हजार प्रदान गरेको  र अन्य क्षेत्रबाट सहयोग संकलन गरि कार्यक्रम गर्न लागिएको उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करिव ३ लाख खर्च हुने अनुमान गरेको अध्यक्ष गुरुङ्गले जानकारी दिए । वडा कार्यालयले प्रदान गरेको रकमसंगै अन्य विभिन्न संघसंस्थाले पनि सहयोग गरिरहेको उनले बताए ।

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङ्गले खेलाडी उत्पादनमा राज्यले लगानी गर्न आवश्यक रहेको  बताए । उनले राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरेपनि खेलाडीको संरक्षणमा राज्यले ध्यान दिन नसक्दा खेलाडी पलायन हुने अवस्थामा पुगेको गुनासो गरे । खेलको विकाससंगै खेलाडीको संरक्षणमा स्थानीय तहले पनि प्राथमिकता दिनु पर्नेमा गुरुङ्गले बताए।

    images
    images
    images

    प्रतियोगिताका विजयी खेलाडीले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने गरी प्रतियोगिताको आयोजना गरेको गुरुङ्गले जानकारी दिए । आर्थिक अवस्था राम्रो भएमा विजयी खेलाडीहरुलाई नगद पुरस्कारको समेत व्यवस्था गरिने बताए। प्रतियोगिता अवधिभर केरवानी स्वास्थ्य चौकीले मेडिकल सहयोग गर्ने पत्रकार सम्मेलनमा उल्लेख गरिएको थियो।

    यज्ञ प्रसाद न्यौपानेको संचालनमा भएको पत्रकार सम्मेलनमा डोजोका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।